Comments Add Comment

वित्तीय साक्षरता जगाउन नगरकोट टु धुलिखेल

alpain bank१७ माघ, काठमाडौं । अल्पाइन डेभेलप्मेन्ट बैँकले सर्वसाधरणमा वित्तीय साक्षरता जगाउन शनिवार एक दिने पदयात्रा गरेको छ । नगरकोटदेखि धुलिखेलसम्म १६ किलोमिटरको दूरीमा बैँकका ४५ जना कर्मचारीले ६ घण्टा पैदल यात्रा गरेका हुन् ।

‘लघुकर्जाको माध्ययमबाट स्वरोजगार बनौँ, कृषि कर्जा लिइ आफ्नो आम्दानी बढाऔँ, बचत गरी भविष्य सुरक्षित पारौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड लिएका उनीहरुले पदयात्राका क्रममा स्थानीयलाई बचत, ऋण लगानी लगायतका बिषयमा जानकारी गराएका थिए ।

मनोरञ्जनका साथ साथै जनतामा वित्तिय चेतना फैलाउन कार्यक्रम गरिएको बैँकका कार्यकारी अधिकृत सुदर्शनप्रसाद अधिकारीले जानकारी दिए । धुलिखेलमा बैँक व्यवस्थापनले उनीहरुको स्वागत गरेको थियो ।

२०६४ सालमा हेटौँडामा केन्द्रीय कार्यलय रहने गरी स्थापना भएको बैँकको काभ्रे, मकवानपुर र चितवनका ग्रामीण भेगमा विभिन्न १४ शाखा छन् । पदयात्राका क्रममा ५ हजारलाई बैकिंङ साक्षरता दिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment