Comments Add Comment

इजरायली व्यवसायीले दूधमा लगानी गर्ने

milk
१७ माघ, काठमाडौं । इजरायली व्यवसायीले नेपालको दुग्ध उद्योगमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् । नेपाली व्यवसायीसँगको साझेदारीमा पशु नश्ल सुधार, दुध उत्पादन, प्रशोधन र दुग्धजन्य पदार्थ उत्पादनका लागि लगानी गर्न इजरायली व्यवसायी तयार रहेको नेपाल उद्योग बाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले जनाएको छ ।

केन्द्रको पहलमा इजरायली र नेपाली दुग्ध व्यवसायीले नेपालको दुग्ध व्यवसायका समस्या र प्रवर्द्धनबारे केही दिनअघि छलफल गरेका थिए । छलफलमा इजरायली दुग्ध व्यवसायीले लगानीका लागि तयार रहेको बताएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रदीप महर्जनले जानकारी दिए ।

‘नेपालमा दुग्ध व्यावसायको प्रवर्द्धन गर्न सकिने पक्षबारे भएको छलफलमा नेपाली व्यवसायीसँग मिलेर इजारायली व्यवसायीले दुग्ध उद्योग स्थापनाका लागि लगानी गर्न तयार रहेको बताएका छन् ।’ महर्जनले भने ।

इजरायलको दुग्ध व्यवसायमा लगानी गरिरहेका व्यावसायीले नेपालमा पनि लगानीका लागि इच्छा देखाएको उनले जानकारी दिए । ‘इजारायलको दुग्ध क्षेत्रमा लगानी गरिरहेको व्यवसायीले नेपालमा पनि लगानी गर्न सकारात्मक भएका हुन्’ उनले भने, ‘संयुक्त लगानीमा पशु नश्ल सुधार, दुध उत्पादन, प्रशोधन र दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योग स्थापनाका लागि इजरायली व्यवसायीले तयार रहेको बताएका छन् ।’

केन्द्र पदाधिकारीसँग नेपालका लागि इजारायली राजदूत यारोन मायोर, इजरायली दुग्ध व्यवसायी, डेरी उद्योग संघका पदाधिकारी र दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगाराम तिमिल्सनालगातको छलफलले नेपालको दुग्ध उत्पादन तथा प्रशोधन क्षमता वृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महर्जनले जानकारी दिए ।

‘व्यवसायी र सरकारको साझेदारीमा दुध उत्पादन र प्रशोधनको लािग क्षमता अभिवृद्धि सञ्चालन गर्ने निर्णय भएको छ’ उनले भने, ‘यसमा इजरायली दुग्ध व्यवसायीले पनि सघाउने छन् ।’

यसका लागि केन्द्रले नेपाली दुग्ध व्यवसायीसँग मिलेर लगानीको अवधारणापत्र तयार गरी सकारकारलाई बुझाउने जनाएको छ । ‘दुध उत्पादन र प्रशोधन कार्यक्रम सञ्चालन बारे अवधारणापत्र तीन महिनाभित्रै तयार गरी सरकारलाई बुझाइनेछौं’ उनले भने ।

गत महिना इजरायली कृषि तथा ग्रामीण विकास मन्त्री एमके येर समिरले नेपाल भ्रमण गरी आफ्नो देशको प्रविधि र पुँजी नेपालको कृषिमा प्रयाग गर्न तयार रहेको बताएका थिए ।

सोही भ्रमणमा आएका पाँच दुग्ध व्यवसायीमध्ये तीन कम्पनीले बुधबारको छलफलमा नेपालको डेरी उद्योगमा लगानी गर्न सकारात्मक रहेको र क्षमता वृद्धिका कार्यक्रममा सहकार्य गर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment