Comments Add Comment

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

१७ माघ, महोत्तरी । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ज३प २५१८ नम्बरको मोटरसाइकलमा सिन्धुलीबाट बर्दिबास आउदै गर्दा बर्दिबास नगरपालिका–२ की उर्मिला बराकोटीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

आफ्ना पति अमरबहादुर रानामगर र आफन्त टीका पुलामीसँगै शुक्रबार राति ज३प २५१८ नम्बरको मोटरसाइकलमा सिन्धुलीबाट बर्दिबास आइरहेको क्रममा बर्दिबास–५ स्थित घुम्तीमा मोटरसाइकल दुर्घटना हुँदा उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मृतकका पति र टीकाको बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment