Comments Add Comment

तीन दिनदेखि तीन बालिका बेपता

१७ माघ, जाजरकोट । नायकवाडा गाविस–७ का तीन बालिका तीन दिनदेखि बेपता भएका छन् ।

बिहीबार बिहान घरबाट दाउरा ल्याउन हिँडेका नायकवाडा–७ की १२ वर्षीया उषा शाही, ११ वर्षीया कमला शाही र १० वर्षीया लक्ष्मी सिंह सम्पर्कविहीन भएको परिवारले बताएका छन् ।

बेपता बालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय नायकवाडामा निवेदन दिइएको आफन्त खड्कविक्रम शाहीले जानकारी दिनुभयो ।

सरस्वती मावि सिलीगीचौरमा अध्ययनरत ती बालिकाका खोजी गरी दिन आफन्तले सबैमा अनुरोध गरेका छन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment