Comments Add Comment

नेपाली रोप्छन्, भारतीय खान्छन्

dasgaja१७ माघ, वीरगन्ज । पर्साको पिडारीगुठी क्षेत्रका स्थानीयले आफ्नै जग्गामा पनि खनजोत र उपभोग गर्न पाउँदैनन् ।

सीमावर्ती भारतीय क्षेत्र बङ्गाहा स्थानीयले नेपालीले लगाएको अन्नपातसमेत आफ्नो भूभागमा परेको भन्दै खोसेर लान थालेपछि स्थानीय मारमा परेका हुन् ।

सो स्थान भएर बहने ओरिया नदीमा राखिएको सीमा स्तम्भ जीर्ण भएका कारण र बाढीले बगाइदिएका कारण भारतीय पक्षले बलमिचाइ गरी लगाएको बालीसमेत कब्जा गर्ने गरेको स्थानीयले गुनासो गरे ।

सो स्थानमा दुईवटा पिलर ४२३ र ४२४ रहेकोमा ४२३ बाढीले बगाइदिएको र ४२४ पनि संरक्षणको अभावमा ढलेका कारण सीमा छुट्ट्याउन समस्या भएको स्थानीय श्याम महतोले बताए ।

नेपाली भूमिमा रहेको ओरिया नदीबाट समेत भारतीय पक्षले खुलेयाम गिट्टी तथा बालुवा आफूको क्षेत्रमा रहेको भन्दै खुलेयाम लाने गरेको पनि उनको भनाइ छ ।

सीमामा देखिएको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकारीस्तरबाटै ठोस प्रयास आवश्यक रहेको जिल्लाको पिडारीगुठीसहित सीमा क्षेत्रका स्थानीयले माग गरेका छन् ।

सीमा सुरक्षा कार्यालय पर्साका अधिकारीले सो स्थानमा देखिएको समस्याबारे माथिल्लो निकायमा जानकारी गराइसकेको र छिट्टै कूटनीतिकरुपमा समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment