Comments Add Comment

सातामा ९१ प्रतिशतले बढ्यो सेयर कारोबार, परिसूचक १७ अंकले बढ्यो

Nepse index magh15
१७ माघ काठमाडौं । माघ ८ मा संविधान नबने पनि सेयर बजारका लगानीकर्ताहरु निरुत्साहित भएनन । लगानीकर्तामा उत्साह कायमै रहँदा त्यसको प्रभाव परिसूचकमा परेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७५ कम्पनीका एक करोड ११ लाख ७८ हजार कित्ता सेयर ३ अर्ब ५८ करोड ९० लाख ६१ हजार रुपैयाँमा किनबेच भएका छन । कारोबार रकम गत साताकोभन्दा ९१.७० प्रतिशतले धेरै हो ।

गत साता १ सय ६४ कम्पनीका ३७ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ८८ करोड ९३ लाख ८० हजार रुपैयाँमा किनबेच भएका थिए ।

यो पनि पढ्नुहोस्
‘माओवादी अबरोधलाई पत्याएन सेयर बजारले’

यो साता नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा १७.६१ अंकले बढेर अन्तिम दिन ९८६.६६ अंकमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.९२ अंकले बढेर २११.०५ अंकमा पुगेको छ ।

यो साता कारोबार रकम -एक अर्ब ८३ करोड १३ लाख १० हजार रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (४४ लाख ९८ हजार कित्ता) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या -९३५ वटा) को आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रहृयो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment