Comments Add Comment

सातामा सुनको मूल्य ५ सय घट्यो

goldfinal
१७ माघ, काठमाडौं । यस साता सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । साताको पहिलो दिन आइतबार तोलाको ५४ हजारमा किनबेच भएको सुन शुक्रबार ५३ हजार ५ सय रुपैयाँमा किनबेच भयो ।

यस साता सुनको भाउमा उल्लेखनीय उतार-चढाव देखियो । गत हप्ता पाँच महिना यताकै उच्च विन्दुमा पुगेको सुनको भाउ पुन? आर्लिन थालेको छ ।

हप्ताको सुरुवातमा युरोपियन केन्दि्रय बैंकले ब्याजदर शुन्य भन्दा तल झार्ने निर्णय गर्नु र ग्रीसको आमनिर्वाचनमा वामपन्थी दलको विजयले युरोजोनको भविष्यमाथि नै संकट आइपर्ने अनुमानमा सुरक्षित लगानीका लागि बिहीबारसम्म सुनको माग चुलियो ।

अन्तिम दिन शुक्रबार भने एक्कासी भाउ घटेर करिव दुई साता अगाडिकै भाउमा फर्कियो । यसो हुनुमा अमेरिकी संघिय बैंक फेडलर रिजर्भले अमेरिकी आर्थिक सुचकांक माजबुत स्थितिमा रहेको र अमेरिकाको श्रम बजारमा बढोत्तरी एवं बेरोजगार दर विगत १५ वर्षयताकै न्यून बिन्दुमा रहेको तथ्यांक सार्वजनिक गरेपछि अमेरिकी डलर थप मजबुत भई सुनको मागमा कमी हुनु हो ।

चाँदीको भाउ सातामा ४० रुपैयाँले घटेको छ । आइतबार तोलाको ७ सय ५५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ७ सय १५ रुपैयाँमा किनबेच भयो । यसबीचमा पनि चाँदीको भाउमा उतार चढाव आएको थियो ।

sun-chadi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment