Comments Add Comment

बरगाछीका युवा महाकविको शालिक संरक्षणमा

devkota१७ माघ, उर्लाबारी । मोरङको उर्लाबारी-४ बरगाछीका युवाहरु महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक संरक्षणमा जुटेका छन् । महाकवि देवकोटाको शालिक जिर्ण देखिएपछि नेपाली साहित्य समाज, उर्लाबारीका युवाहरु संरक्षणमा जुटेका हुन् ।

देवकोटाको शालिकको संरक्षण गर्दै उनीहरुले कम्पाउण्डमा शुक्रबार र शनिबार रंगरोगन गरे । राजा तामाङ, सरोज बस्नेत, सुरेश मगर, किशोर श्रेष्ठ, विश्वास बुढाथोकी, तेजन खड्का, सविन सुवेदी, सुमन कार्की लगायतका युवाहरु शालिक संरक्षण तथा रंगरोगनमा कस्सिएका हुन् । शालिक आसपासका क्षेत्र दुर्गन्धित भएको भन्दै छ वटा फोहोर राख्ने डस्विन समेत राखिएका छन् ।

शालिक वरिपरी चार वटा बत्ती समेत जडान गर्ने तयारी भइरहेको स्थानीय युवा सरोज बस्नेतले बताए । शालिक मर्मत सम्भारका लागि युवाहरुको सक्रियतामा स्थानीयवासीसँग सहयोग जुटाउने काम गरिएको अर्का स्थानीय युवा राजा तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment