Comments Add Comment

रमेश लेखकको संयोजकत्वमा उपसमिति गठन

BICC-Nepal१७ माघ, काठमाडौं । प्रश्नावली निर्माणका लागि गठन भएको प्रस्ताव निर्माण समितिको बैठकले कांग्रेस सभासद रमेश लेखकको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको छ ।

प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीसहित विपक्षी १९ दलको विरोधका बाबजुद गठन भएको प्रस्ताव निर्माण समितिको शनिवार बसेको पहिलो बैठकले उपसमिति गठन गरेको हो ।

आइतबार दिउँसो एक बजे बस्ने समितिको पूर्ण बैठकमा कार्यविधि लेखक संयोजकत्वको उक्त समितिले कार्यविधि तयार पारेर पेश गर्नेछ ।

यसअघि नै विरोध जनाएका एकीकृत माओवादीसहितका १९ दल भने समितिको उक्त बैठकमा सहभागी भएन । ७३ सदस्यीय भनिएको प्रस्ताव निर्माण समितिमा ४९ जना सदस्य छन् । माघ ११ गते बसेको संविधानसभाको बैठकमा विपक्षी दलको नाराबाजीकाबीच सभामुख सुभाष नेम्वाङले समितिमा रहेका ४९ जनाको नाम पढेर सुनाएका थिए ।

संविधानका अन्तर्वस्तुमा सहमति नभएका विषयलाई प्रश्नावली बनाएर संधिवानसभामा पेश गर्ने अधिकार पाएको समितिले काम थालेको पाँच दिनभित्र आफ्नो काम पुरा गर्नु पर्नेछ । समितिको अध्यक्षता जेष्ठ सदस्यको हैसियतले कांग्रेस सभासद् कुलबहादुर गुरुङले गरेका थिए । समितिकाे बैठक २० मिनेट मात्रै बसेकाे थियाे ।

आफूहरुको असहमतिका बाजबुद समिति गठन गरिएको भन्दै एमाओवादीसहितका दलहरुले संविधानसभाका समितिहरुको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment