Comments Add Comment

सेरेनाले छैठाैं पटक जितिन् अष्ट्रेलियन ओपन

serena_williams_australian_open_624x351_epa१७ माघ, काठमाडौ । अमेरिकाकी सेरेना विलियम्सले वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छन् ।

रुसकी मारिया शरापोवालाई सोझो सेटमा हराउँदै सेरेनाले उपाधि हात पारेकी हुन् । फाइनलमा उनले शरापोवालाई ६-३, ७-६ (७-५) को सोझो सेटमा हराएकी हुन् ।

अष्ट्रेलियन ओपनमा सेरेनाको छैठौं जित हो । सेरेना छ पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी हुन् । उनले हरेक वर्ष उपाधि आफ्नो हात पार्दै आएकी छन् ।

फाइनलमा पहिलो सेटमा सहज जित हात पारे पनि दोस्रो सेटमा भने दुवै खेलाडीबीच कडा प्रतिष्पर्धा भएको थियो । दोस्रो सेट ट्राई ब्रेकर सम्म पुगेको थियो तर अन्तमा सेरेनाले ट्राईब्रेकरमा जित हासिल गर्दै उपाधि आफ्नो नाममा दर्ता गराएकी हुन् ।

३३ वर्षीया सेरेना विलियम्स यो जितसँगै सबैभन्दा बढी ग्राण्डस्लाम उपाधि जित्ने महिला खेलाडी बन्न सफल भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment