Comments Add Comment

प्रधानमन्त्रीले खेलकुदलाई प्राथमिकता नदिएको गगन थापाको आरोप

Gagan-thpa-with-Deepak-bista

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री सुशील कोइरालाले खेलुकुदलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको सन्यास घोषणा कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई प्रमुख अतिथीको रुपमा बोलाइएको थियो । तर, अन्तिममा उनले बाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई पठाए ।

कार्यक्रममा कांग्रेस सभासद गगन थापाले हिजोसम्म अन्य कार्यक्रममा जान सक्ने तर, खेलाडीको कार्यक्रममा भने नभ्याएको भन्दै असन्तुष्टि जनाए । यसअघि क्रिकेटमा विवाद हुँदा कप्तान पारस खड्कालाई भेटाउन खोज्दा पनि प्रधानमन्त्रीले उदासिनता देखाएको उनको गुनासो थियो ।

नेपाली खेलकुदमा अहिले पार्टीकरण मात्र भएको भन्दै उनले अब राजनीतिकरण हुनु पर्ने बताए । ‘खेलकुदमा जमेर बहस गर्न आवश्यक छ’ उनले भने ।

नेेपालका लागि खेलकुद अब विलासिताको विषय मात्र नभएको उनले बताए । नेपालीहरुको पहिचानमा यति धेरै विविधतालाई स्वीकार गरिसकेपछि अब नेपाली भनेर एकीकृत गर्ने एक मात्र खेलकुद हो’ थापाले भनेका छन् ।

आफ्नो सम्बोधनको अन्यमा सभासद थापाले खेलकुदमा सन्यास हुने तर, राजनीतिमा भने कहिल्यै नहुने रहेछ भन्दा हलमा हाँसाको फोहोरा छुटेको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्माले राखेपमा पार्टीकरण भएको बताए । यस्तै सदस्य सदस्य युवराज लामाले खेलकुदलाई राजनीतिभन्दा पर राख्नु पर्ने र खेल बुझेकाहरु मात्र आउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment