Comments Add Comment

अष्ट्रेलियाले जित्यो एसियन कप फुटबलको उपाधि

AUSTRALIA-WIN-2015-AFC-ASIAN-CUP

१७ माघ, काठमाडौं । दक्षिण कोरियाबिरुद्ध अतिरक्त समयमा नाट्कीय जित हात पार्दै अष्ट्रेलियाले पहिलो पटक एसियन कप फुटबलको उपाधि हात पारेको छ ।

शनिबार दिउँसो भएको फाइनल भिडन्तको पहिलो हाफमा कोरियाले केही राम्रा अबसर सिर्जना गरेपनि गोल गर्न सकेन ।

खेलको ४५ औं मिनेटमा अष्ट्रेलियाका लुआङगोल २५ यार्डबाट गरेको प्रहारले जाली चुम्दा पहिलो हाफमा घरेलु टीमले १-० को अग्रता लियो ।

दोस्रो हाफको अतिरिक्त समयमा सन हृयाङ मिनले कोरिका लागि बराबरी गोल गरे ।

तर, अतिरित्त समयको १०५ ओं मिनेटमा अष्ट्रेलियाका ट्रोसीले कोरियन कामजोर डिफेन्सको फाइदा उठाउँदै विजयी गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment