Comments Add Comment

मंगल ग्रहमा गएर बच्चा जन्माउन तयार भएकी युवतीको कथा

MAIN-First 1
झ्वाट्ट सुन्दा यो कुनै साइन्स फिक्सन फिल्मको कथाजस्तो लाग्नसक्छ तर एक युवती मंगल ग्रहमा बच्चा जन्माउने ब्रम्हाण्डकै पहिलो मानिस बन्नेछिन् ।

बेलायतको कोभेन्ट्रीस्थित टाइल हिलकी बासिन्दा म्यागी लियु मंगल ग्रहमा स्थायी बसोबास गर्न जाने ४० जना मध्येमा पर्न सकेमा उनले अर्को नयाँ इतिहास पनि लेखाउनेछिन् मंगल ग्रहमा बच्चा जन्माएर ।

मंगल ग्रहमा मानिसको वस्ती बसाल्ने महत्वाकांक्षी परियोजना मार्स वनमा ६ सय जना आवेदकको सर्टलिस्टमा पर्न सफल भएकी म्यागी अन्तिम छनोटमा पर्ने नपर्ने कुरा आउँदो महिना छिनोफानो हुनेछ । मंगलग्रहमा जान चाहने विश्वभरका २ लाख आवेदकमध्येबाट उनी अन्तिम ६ सय जनामा पर्न सफल भएकी हुन् । अन्तिम ४० मा छानिएमा उनले मंगल ग्रहमा जानका लागि यहीँ वर्षबाटै तालिम सुरु गर्नेछिन् ।

आमाहरुलाई सबै सुविधाले सम्पन्न पृथ्वीमा समेत बच्चा जन्माउन र हुर्काउन गाह्रो परिरहेको अवस्थामा उनले भने अनिश्चित परिस्थिति र माइनस ६२ डिग्री सेल्सियस चिसो तापक्रम, निसास्सिने, भोकमरी हुने र जलवियोजनको खतरा हुने मंगल ग्रहमा बच्चा जन्माएर हुर्काउने योजना बनाएकी छिन् ।

आफु मंगल ग्रहमा मानिसको वस्ती वस्तार गर्ने योजनामा प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘मंगल ग्रहमा मानव समुदाय विस्तारका लागि बच्चा पाउनु आवश्यक हुन्छ र म तर्फबाट त्यो अवश्य हुनेछ’, उनले भनेकी छिन् ।

PAY-Maggie-Lieu-one-of-threeअहिलेसम्म मंगल ग्रहजस्तो कम गुरुत्वाकर्षण क्षेत्रमा बच्चा जन्माउँदा पर्ने प्रभावका विषयमा कुनै अध्ययन नभएको हुनाले त्यहाँ बच्चा जन्माउने काम चुनौतिपूर्ण हुने उनको ठम्याइ छ । तर मंगल ग्रहमा पहिलो ‘मार्सियन’ अर्थात् मंगल प्राणी पैदा गर्ने काम निकै रोचक हुने उनी बताउँछिन् ।

बर्मिंघम विश्वविद्यालयमा अन्तरीक्ष भौतिक विज्ञान पढिरहेकी म्यागी आफु मंगल ग्रहमा जान पाउने भाग्यमानी मानिसमा छानिनेमा निकै उत्साहित छिन् र छानिएपछि दश वर्षसम्म दिइने तालिम लिन अझै बढि उत्सुक छिन् ।

मार्स वन परियोजनाले मंगल ग्रहमा पठाइने ४० जना मानिस छानेर यो वर्षबाटै तालिम सुरु गर्नेछ । सन् २०२४ देखि मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना रहेको छ । हरेक दुइ वर्षमा ४ जनाको समूहलाई मंगल ग्रहमा पठाइनेछ ।

मंगल ग्रहमा पुगेपछि त्यो नै आफ्नो घर हुने हुनाले मानिसहरुले त्यहाँ गएपछि चिकित्सा, कृषि, विद्युत तथा खानेपानी लगायतका प्रविधि सिक्न सुरु गर्ने विश्वास उनको छ । खानेकुरा आफै सिर्जना गर्नु र अक्सिजन समेत सिर्जना गर्नु सबैभन्दा चुनौतिपूर्ण काम हो भन्ने उनलाई लागेको छ ।

मंगल ग्रहमा सूर्यको विकिरण अत्यधिक रहेको हुँदा त्यसले ग्रहको सतहमा असर गर्ने र जमिन मुनि ५ मिटर तल भूमिगत रुपमा बसोबास हुनसक्ने उनको अनुमान छ ।

कहिल्यै नफर्किने मंगल यात्रामा निस्केपछि जिवनको कुनै टुंगो नहुने र घरपरिवार तथा साथीभाइबाट सधैका लागि टाढिने भएपनि त्यो अनिश्चित यात्राप्रतिको उनको रुची घटेको छैन ।

तत्कालका लागि पृथ्वीमा भएका मानिसहरुसँग संचार सम्पर्क गर्नु सबैभन्दा चुनौतिपूर्ण कुरा रहेको भएपनि ३ देखि २२ मिनेटसम्ममा विद्युतिय सन्देश पठाउन सकिने प्रविधि विकाश गर्न सकिने विश्वास उनको छ ।

६ अर्ब डलर खर्चेर मंगल ग्रहको एकतर्फी यात्राका लागि तयार भएकी म्यागीको आशा भविष्यमा पृथ्वीमा फर्किन सकिने छ । मंगल ग्रहबाट पृथ्वीमा फर्किन सक्ने प्रविधि कुनै दिन विकाश हुनसक्ने र पृथ्वी र मंगलबीच मानिसहरुको आवतजावत हुनसक्ने कल्पना उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment