Comments Add Comment

छोरीको नांगो तस्वीर पत्रिकामा देखेपछि बाउले गरे आत्महत्या

Loredana-Chivu
आफ्नी १८ वर्षकी छोरीको नांगो तस्वीर पत्रिकामा छापिएको देखेपछि एकजना पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।

घटना रोमानियाको हो । लोरेन्डाना चिभु नामकी युवतीको निर्वस्त्र तस्वीर चर्चित प्लेब्वाय म्यागेजिनमा छापिएपछि उनका बुवाले आफ्नो इज्जतमा ठेस लागेको र नाक काटिएको ठानेर आत्महत्या गरेका हुन् ।

यसअघि पनि आफ्नो इन्साग्राममा कैयन् अर्धनग्न तस्वीर राख्ने गरेकी आफ्नी छोरीसँग राम्रै सम्बन्ध रहेका ती पुरुषले पत्रिकामै छोरी नांगिएपछि सहन सकेनन् ।

पत्रिकामा नांगो तस्वीर छापिएपछि उनी सुरुमा निकै रिसाए, छोरीसँग बोलचाल समेत गर्न छाडे । बाउछोरीमा शितयुद्ध नै सुरु भयो । तर आफ्नो कामका कारण बुवालाई चित्त दुखेर निकै रिसाएको महसुस गरेपछि लोरेन्डाना बुवालाई सम्झाउने र माफी माग्ने योजनामा थिइन् । तर एक्कासी बुवाले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारेपछि उनी निकै आत्तिइन् ।

आफ्नो फोटोका कारण बुवाले आत्महत्या गरेको घटनाको पीडा अझै निको नभएको उनी बताउँछिन् । राजधानी बुखारेष्टमा बस्दै आएकी लोरेन्डाना त्यस विषयमा बुवासँग कुरा गर्न नपाएकोमा अझैपनि थकथकी मानिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment