Comments Add Comment

एसएलसीमा साक्षरताबापत १० नम्बर

१८ माघ, काठमाडौं ।यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा सहभागी हुने विद्यार्थीले निरक्षर व्यक्तिलाई साक्षर बनाएबापत १० नम्बर पाउने भएका छन् । २०७१ सालको एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थीले एक व्यक्तिलाई साक्षर बनाउँदा १० नम्बर पाउने भएका हुन् ।

slc-exam‘विद्यार्थीले गाउँका एक निरक्षर व्यक्तिलाई साक्षर बनाउँदा शिक्षा, स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमध्ये कुनै एक विषयमा १० नम्बर पाउने भएका छन्,’ अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक विष्णुप्रसाद मिश्रले बताएको राजधानीमा खबर छ ।

यो प्रावधानले निरक्षरता उन्मूलनमा सहयोग पुग्ने पनि उनले बताए ।
परीक्षाका लागि परीक्षा फारम भरेकामध्ये कति संख्यामा विद्यार्थी परिचालन हुन्छन् सोही संख्यामा विदार्थीले नम्बर पाउँनेछन् । निरक्षरता उन्मूलन गर्न विद्यार्थी परिचालन गर्ने निर्णय यसअघि नै शिक्षा मन्त्रालयले गरिसकेको थियो । प्रत्योक विद्यार्थीले एक व्यक्तिलाई साक्षर बनाउँदा प्रयोगात्मक विषयहरु शिक्षा, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा १० नम्बर पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment