Comments Add Comment

चेल्सी र म्यानचेष्टर सिटीले अंक बाँडे

Chelsea Vs Manchester City

१८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले ५ अंकको अग्रता कायमै राखेको छ ।

शनिबार भएको खेलमा चेल्सीले म्यानचेष्टर सिटीसँग १–१ को बराबरी खेल्यो । बराबरीपछि चेल्सी २३ खेलबाठ ५३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको सिटीको ४८ अंक छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले ४१ औं मिनेटमा रेमीको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिममा डेभिड सिल्भाले बराबरी गोल फर्काए ।

तीन खेलको प्रतिवन्धका कारण डिएगो कोष्टा र चोटका कारण सेस फेब्रिगासलाई गुमाएको चेल्सीले केही राम्रा अबसरहरु पाएको थियो ।

तर, गोल स्कोरर रेमीको स्थानमा डिफेण्डर ग्यारी काहिललाई मैदान पठाउनुले पनि चेल्सीले बराबरीमा नै चित्त बुझाउन चाहेको देखिन्थ्यो ।

आफ्नो पूर्वक्लब चेल्सीविरुद्ध मैदान उत्रिएका फ्राङ्क लाम्पार्डले पनि खेलमा कुनै नाटकीय रुप दिन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment