Comments Add Comment

७० हजार चालकको लाइसेन्समा प्वाल

१८ माघ, काठमाडौं । उपत्यकामा मादक पदार्थ सेवन कारबाहीबाट लइसेन्समा एउटा प्वाल पर्ने चालकको संख्या ६९ हजार ६ सय ९१ पुगेको छ । ९९ जना चालकको लाइसेन्स निलम्बनमा परेको छ ।

mapaseट्राफिक प्रहरीले १७ मंसिर ०६८ मा उपत्यकामा मापसे चेकजाँच सुरु भएको करिब एक वर्षपछि लाइसेन्समा प्वाल पार्ने नियम लागू गरेको थियो । ६ पटकसम्म कारबाहीमा पर्नेहरुको लाइसेन्स निलम्बनमा पर्ने नयाँ पत्रिकामा खबर छ ।

ट्राफिक प्रहरीका अनुसार पाँचपटक कारबाहीमा पर्ने चालक संख्या दुई सय ८४ छ । चारपटक लाइसेन्स प्वाल पर्ने चालक संख्या तीन हजार सात सय तथा दुईपटक प्वाल पर्ने १४ हजार एक सय एकजना छन् ।

ट्राफिक प्रहरीले मापसे चेकजाँच सुरु गरेयता एक हजार ४० जना महिला चालक कारबाहीमा परेका छन् । धेरैजसो स्कुटी चालक रहेको प्रहरीले जनाएको छ ।

मापसे चेकजाँच सुरु भएयता उपत्यकामा एकलाख ६६ हजार पाँच सय ९९ चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसबाट १५ करोड ३६ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment