Comments Add Comment

पर्वतमा ट्याक्टर दुर्घटना, २ को मृत्यु

१८ माघ, पर्वत । पर्वतमा भएको ट्याक्टर दुर्घटनामा परी दुर्इ जनाको मृत्यु भएको छ । पैयुँ क्षेत्रअन्तर्गत पर्ने शालिग्राम गाविस–९ बाट स्याङ्जाको पिँडीखोलातर्फ जाँदै गरेको ट्र्याक्टर शनिबार साँझ दुर्घटना हुँदा ट्क्टरमा मजदुरी काम गर्ने मनहरि–९ मकवानपुरका किरण गोले र थाँक्रे–८ धादिङका पेले बाँस्कोटा रहेका छन् ।

दुर्घटनामा तीन गम्भीर घाइते भएका छन् । नवनिर्मित कालीगण्डकी लोकमार्ग निर्माणका लागि बाटो खन्दै गरेको डोजरका लागि डिजेल बोकेर जाँदै शालिग्रामबाट जाँदै गरेको लु२च ९३७६ नंको ट्र्याक्टर पिँडीखोला–८ कोलाङमा दुर्घटना भएको प्रहरी चौकी सेतीबेनीका प्रहरी सहायक निरीक्षक ईश्वर रोकाले जानकारी दिए ।

दुर्घटनामा सहरीखेत–९ मकवानपुरका सन्तोष पर्जा, धादिङ थाक्रे गाविस–८ का भोटे पन्थे र थाँक्रे–९ का बुद्ध तामाङ गम्भीर घाइते भई पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक रोकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment