Comments Add Comment

एमाओवादीले आन्दोलनका लागि कमाण्डर तोक्यो

prachanda-baburam-Narayan-kaji

१८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीका तीन शीर्षनेतालाई आन्दोलनको कमाण्डर तोकेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्दैछन् । स्रोतका अनुसार प्रचण्डले मध्य कमाण्डको नेतृत्व गर्ने भएका छन् ।

वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पश्चिम र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पूर्वी कमाण्डको नेतृत्व गर्ने सहमति भएको छ । ‘शीर्ष नेताहरु नै फिल्डमा जाने निर्णय अनुसार कार्यविभाजनको प्रस्ताव तयार भएको छ’ एक नेताले  अनलाइनखबरलाई भने ।

सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने माग गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले फागुन १६ गतेसम्म पहिलो चरणको आन्दोलन घोषणा गरिसकेको छ ।

आन्दोलन तथा पार्टीको संगठन सुदृढीकरणको तयारी

एमाओवादीले जिल्ला-जिल्लामा आन्दोलन परिचालन समिति समेत गठन गर्दैछ । उक्त समितिमा जिल्ला तहमा आउन नसकेका, छुटेका तथा माओवादी विचारसँग नजिक रहेका समाजसेवीहरुलाई पनि समेट्ने एमाओवादीको तयारी छ ।

आन्दोलनको नेतृत्व गर्न एमाओवादीका शीर्षनेताहरुले सोमबारदेखि राजधानी छाड्ने भएका छन् ।

पार्टी प्रवक्ता दीनानाथ शर्माका अनुसार बैठकमा संघर्षका कार्यक्रम तय, कार्य विभाजन र विचारको एकरुपता लगायतका विषयमा छलफल हुनेछ ।

यसअघि माघ १५ मा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा राज्य इन्चार्जहरुले सम्झौताहीन निर्माणयक आन्दोलनको तयारी गर्न नेतृत्वलाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment