Comments Add Comment

गौतम गुलाटी बने ‘बिग बोस ८’

gautam gulati
टेलीसीरियल ‘दिया और बात्ती’ वाट आफ्नो पहिचान बनाएका गौतम गुलाटी ‘बिग बोस’ ८ औं सिजनको विजेता बनेका छन् । उनले १३२ दिन बिग बोसको घरमा बिताएका थिए ।

विजेता गौतमले ५० लाख भारतीय रुपैयाँ पुरस्कार पाए । गौतम ‘बिग बोस’ को घर आएदेखि नै चर्चामा थिए । उनको आनीवानी मात्रै होईन, डायन्ड्रसँगको रोमान्सको कारण पनि चर्चामा रहे । पुनित इस्सरसँग उनको सम्बन्ध राम्रो थियो भने अलिसँग झगडा परेको थियो ।

ट्वीटरमा पहिल्यै रिजल्ट

शो का क्रममा उनी हरेक खालका दर्शकको मन जित्न सफल भएका थिए । कार्यक्रमको औपचारिक घोषणा हुनु अघि नै बिजेताको नाम ट्वीटरवाट सार्वजनिक भईसकेको थियो ।

कार्यक्रम फाईनल हुनु एक दिन अघि नै सामाजिक सञ्जालहरुमा उनले ‘बिग बोस’को उपाधी जित्ने कुरा ब्यापक थियो । बिग बोस हल्ल्ाा बोल संस्करणमा उपविजेता रहेकी करिश्मा तन्नासँग गौतमको बेला बेलामा झगडा समेत परेको थियो ।

गौतमले बीग बोसको घरमा त्यति धेरै साथी बनाएनन् । उनको सम्बन्ध पुनीत इस्सरसँग राम्रो थियो ।

करिश्माको दोस्ती उपेन पट्टेलसँग जमेको थियो । उनीहको सम्बधले दर्शकको समेत ध्यान तानेको थियो । सुरुमा सलमान खानले सञ्चालन गरको यो कार्यक्रम पछिल्लो समय निर्देशक फराह खानले सञ्चालन गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment