Comments Add Comment

माधव नेपाल अन्तर्राष्ट्रिय पदकबाट सम्मानित

१८ माघ, काठमाडौं । नेकपा एमालेका नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय पदकबाट सम्मानित भएका छन् । युनिभर्सल पिस फेडरेसनको फिलिपिन्समा जारी एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा नेता नेपाललाई शनिबार ‘लिडरशिप तथा गुड गभर्नेन्स अवार्ड’द्वारा सम्मानित गरिएको हो ।

Madhav Nepalफिलिपिन्सको मनिलामा आयोजित ‘एसिया प्यासिफिक क्षेत्र, शान्ति, सुशासन र मानव विकासतर्फ’ भन्ने मुख्य नाराका साथ आयोजित उक्त सम्मेलनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री नेपाललाई सम्मानित गरिएको उनकाका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

सो अवसरमा नेता नेपालले एसिया प्यासिफिक क्षेत्रमा दिगो शान्ति र विकासका नयाँ आयाम विषयमा मन्तव्य दिँदै आफूले प्रधानमन्त्री रहँदा र अहिलेको भूमिकामा पनि मुलुकको दिगो शान्ति, सामाजिक विकास, न्याय र रुपान्तरणका लागि कार्य गरिरहेको बताए ।

नेता नेपालले पूर्व विद्रोही एमाओवादीलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याउने कार्य अझै पूर्ण नभएको भन्दै नयाँ संविधान निर्माण कार्यमा सबै पक्षको साथ रहेमा मुलुकमा दिगो शान्ति हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment