Comments Add Comment

प्रभु बैंकको सिइओमा अशोक शेरचन नियुक्त

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन जसले बैंक सुधारको नेतृत्व गरिरहेका छन् ।
बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन ।

१८ माघ, काठमाडौं। प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अशोक शेरचन नियुक्त भएका छन् ।

शुक्रबार बसेको संचालक समितिको वैठकले शेरचनलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । शेरचन गत कात्तिक ३ गतेदेखि बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

यो पनि पढ्र्नुहोस प्रभु बैंकका सीइओ लम्सालद्वारा राजिनामा, शेरचन कार्यबाहक सीइओ

पहिलो पटक प्रभु फाइनान्समा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका शेरचन प्रभु बिकास बैंकमा पनि सिइओ थिए । तत्कालिन किष्ट बैंकको ब्यबस्थापन प्रभु ग्रुपले लिएपछि शेरचन नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

प्रभु बिकास बैंक र किष्ट बैंक मर्ज भएसँगै प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले राजीनामा गरेपछि उनले निमित्त प्रमुख कार्यकारीका रुपमा बैंकको नेतृत्व गर्दै आएका थिए ।

निमित्त प्रमुख कार्यकारीका रुपमा उनले बैंकको खराव कर्जा उठाउन र बैंकलाई सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई सिइओ नियुक्त गरिएको बैंकका एक संचालकले अनलाइनखवरलाई बताए ।

पछिल्लो ६ महिनामा बैंकले एक अर्ब बढि खराव कर्जा असुल गरेको छ भने पछिल्लो त्रैमासमा मात्र ५४ करोड खुद नाफा आर्जन गरेको छ ।

यो पनि पढ्नुहोस-कमल ज्ञवालीबाट प्रभुले बैंकले उठायो १२ करोड ऋण

त्रिभुवन बिश्वबिद्यालयबाट स्नातकोत्तर अध्ययन गरेका शेरचन नेपाल बंगलादेश बैंकबाट सन १९९६ बाट करिअर सुरु गरेका हुन् । उनले एनसीसी बैंक र बंगलादेश बैंकमा १० बर्ष काम गरेका थिए । सन २००६ देखि प्रभु समुहसँग अावद्व शेरचन त्यसपश्चात प्रभू फाइनान्स,  प्रभुलाई बिकास बैंक हुँदै बाणिज्य बैंकसम्म स्तरोन्नती गर्न नेतृत्वदायी भूमिका खेले ।

(सफलताको कथा : डुबेको किष्टलाई प्रभुले गर्‍यो कायापलट)

२०२९ सालमा बागलुंगमा जन्मिएका शेरचन उमेरका हिसाबले वाणिज्य बैंकका कान्छा सिइअो हुन ।

‘तत्कालका लागि मैले निक्षेप, खराव कर्जा असुली र ऋण प्रवाहलाई समानान्तर रुपले अगाडी बढाउने छुु’ शेरचनले अनलाइनखबरसँग भने- ‘हामीले बैंकको दीर्घकालिन योजना पनि बनाइरहेका छौं, कम्तीमा पाँच बर्षभित्र नेपालको अग्रणी बैंकका रुपमा स्थापित गर्ने लक्ष्यसाथ काम गर्ने छु ।’

प्रभुले हालैमात्र ग्राण्ड बैंक र नेपाल बिकास बैंक खरिद गर्ने निर्णय गरेको छ । ती दुवै बैंक खरिदसँगै प्रभु देशका ठूला संजाल भएका बैंकमध्ये एक हुने छ जसको नेतृत्व शेरचनले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment