Comments Add Comment

बिच सडकमा सलमानलाई गाली गरेको भिडियो भाइरल

Salman Khan

मुम्बई । कहिले कालो हरिणको शिकारमा संलग्न भएको त, कहिले रफ ड्राइभिङ गरेको अभियोग । रिल लाईफमा समेत केही असभ्य काममा सहभागी भएका सलमान खानलाई एकजना फ्यानले दिउँसै अपशब्द प्रयोग गर्दै गाली गरेका छन् ।

सलमानलाई अपशब्द बोल्दै गाली गरेको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । भिडियोमा देखिएअनुसार सलमान आफ्नो नयाँ फिल्म ‘बजरंगी भाईजान’ को सुटिङका लागि राजस्थान जाँदै थिए ।

आफ्नो सेतो मर्सिडिज कारमा जाँदै गरेका सलमानलाई एकजना फ्यानले निकै पिछा गरे । बाईकमा आएका उनी कहिले दायाँ, कहिले बायाँ गर्दै सलामानको अघिपछि लाग्थे । फोटो र भिडियो खिच्थे ।

त्यही क्रममा ती फ्यानको बाइक सलमानको गाडी अगाडी गएर रोकियो । सलमानलाई पनि रिस उठ्यो र गाडी रोके । त्यसपछि उनलाई पछ्याउने फ्यानले अपशब्द बोल्दै भागे । सलमान आफ्नै गाडी चढेर अगाडी बढे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment