Comments Add Comment

चार दिनमा क्यान इन्फोटेक साढे २ लाखले अवलोकन

Caan Info Tech (8)

१८ माघ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकमा सूचना प्रविधिका पारखीहरुको भिड लागेको छ । मेला सञ्चालन भएको चार दिनमा २ लाख ५१ हजार ९ सय २७ जनाले मेला अवलोकन गरेका छन् ।

गत बुधबारदेखि सुरु भएको क्यान इन्फोटेक पहिलो दिन ४७ हजार ५ सय ३१ जना, दोस्रो दिन ५१ हजार ७ सय ३५, तेस्रो दिन ७१ हजार ३ सय ३९ र चौथो दिन ८१ हजार ३ सय २२ जना अवलोकन गरेको आयोजक कम्प्यूटर एशोसियसन अफ नेपाल जनाएको छ ।

इन्फोटेकमा सहभागि कम्पनीहरुले नयाँ नयाँ प्रविधिसहितका उत्पादनहरु सार्वजनिक गरेका छन ।  इन्टरनेट, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप/कम्प्युटर, इन्भर्टर तथा ब्याट्री, सफ्टवेयर तथा एन्टिभाइरस, फोटोकपी, पि्रन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, पेनड्राइभ, सिसिटिभी लगायतका स्टलहरु आकर्षणको केन्द्र बनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment