Comments Add Comment

‘प्रोड्यूसर’का नायक अब निर्माता

shyam-aryal
चलचित्र ‘प्रोड्यूसर’बाट नायक बनेका श्याम अर्याल अब निर्माता बन्ने भएका छन् । उनले ‘द यूगदेखि यूगसम्म, आइ एम सरी’मा पनि काम गरेका छन् ।

श्यामले आफ्नै प्रोडक्शन कम्नपी मिजल पिक्चर्स प्रोडक्शनबाट २ वटा चलचित्र बनाउन लागेको बताए । उनको पहिलो सोसल ड्रामा चलचित्रलाई अनुप गिरीले निर्देशन गर्दैछन् ।

श्यामले यो चलचित्रमा आफूले अभिनय नगर्ने बताए । चलचित्रमा रतन  थापाले श्यामलाई लगानीमा साथ  दिनेछन् । चलचित्रको छायांकन चैत्र महिनाबाट गरिनेछ ।

उनले चलचित्र वितरणमा समेत अगाडि बढ्न लागेको बताए । उनको मिजल पिक्चर्सले गल्फ कन्ट्रीमा चलचित्र वितरण समेत गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा ‘कोहिनुर, नोभेम्बर रेन र स्टूपिड मन’ चलाउन लागेको श्यामको भनाई छ । जापान, अष्ट्रेलिया, कतार, हङकङ लगायतका देशमा चलचित्र प्रदर्शन गर्ने तयारी गरेको मिजल पिक्चर्सले यी देशमा कन्सर्ट पनि गर्ने तयारी गरेको छ ।
कलाकार श्याम अर्यालले हालै मात्र सम्पन्न ‘डी सिने अवार्ड’बाट उत्कृष्ट नव-नायकको अवार्ड जितेका थिए । उनले थुप्रै म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment