Comments Add Comment

ग्रामीण पर्यटनको प्रवद्र्धनबाट नेपालको आर्थिक विकास गर्न सकिने

१८ माघ, काभ्रे । नेपालस्थित विभिन्न देशका राजदूतहरुले ग्रामीण पर्यटनको प्रवद्र्धनबाट नेपालको आर्थिक विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको बताएका छन् ।

काभ्रेको बन्थलीमा निर्माण गरिएको ‘बन्थली इको¬–हिल’ रिसोर्टको उद्घाटनको क्रममा आयोजित कार्यक्रममा उनीहरूले नेपाल प्राकृतिक, सांस्कृतिक दृष्टिकोणले अन्त्यन्त सुन्दर र विविधता भएकाले ग्रामीण पर्यटनको प्रवद्र्धन गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सक्ने बताएका हुन ।

रिसोर्टको उद्घाटन गर्दै रसियाका राजदूत डा सेर्जेइ भासिलिभिस भेलिचिकिनले नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्यताका बारेमा रसियामा अवगत गराउन आफूले पहल गर्ने उल्लेख गरे ।

युरोपेली युनियनका राजदूत श्रीमती रेन्सजी टेरिन्कले ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच र सरसरफाइको सुविधा विस्तार गरी पर्यटन प्रवद्र्धन गर्न सकिएमा ठूलो संख्यामा युरोपेली पर्यटकहरु नेपालमा आकर्षित गर्न सकिने उनीहरूको भनार्इ थियो ।

यसैगरी श्रीलंकाका राजदूत डब्लू एम सेनिभिराथ्नाले गौतमबुद्धको जन्मभूमि नेपाल श्रीलंकाको मुख्य आकर्षणको थलो भएको बताए ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को अगुवाइमा आयोजित सो समारोहमा भिटोफका अध्यक्ष चन्द्रबहादुर गुरुङ र महासचिव राजकुमार थापाले ग्रामीण क्षेत्रमा प्रर्यटन प्रवद्र्धन गर्न भिटोफले नयाँनयाँ गन्तव्य स्थानको प्रवद्र्धनमा जोड दिने बताए ।

नौजना पर्यटन व्यवसायीको सामूहिक प्रयासमा करिब रु तीन करोडको लागतमा निर्माण गरिएको सो रिसोर्टमा एकै पटक ४० भन्दा बढी पर्यटकलाई बसोबासको व्यवस्था गर्न सकिने रिसोर्टका सञ्चालक यदु लामिछानेले जानकारी दिए ।

आन्तरिक र बाह्य पर्यटकका लागि बिदा मनाउन वा प्राकृतिक सौन्दर्यता र स्थानीय संस्कृतिसँग साक्षात्कार गर्न उपयुक्त सो ठाउँ राजधानीबाट ४२ किलोमिटरको दूरीमा रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment