Comments Add Comment

फागुन १ देखि ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव

Tamrakar Complex

१८ माघ, काठमाडौं । मुलुकको प्रख्यात मोबाइल कम्प्लेक्स ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव हुने भएको छ । राजधानीको न्यूरोडस्थित कम्प्लेक्स सातौं वर्षमा प्रवेश गरेको अवसर पारि फागुन १ गतदेखि ७ गतेसम्म मोबाइल महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्वसको अवसरमा कम्प्लेक्सले विभिन्न आकर्षक छुट तथा स्कीमहरु सञ्चालन गर्ने कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले बताए । महोत्सव अवधिभर ग्राहकहरुलाई विभिन्न मोबाइल तथा एसेसोरिजहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्ने बताइएको छ ।

महोत्सवको अवसर पारेर विभिन्न रमाइला र आकर्षक कार्यक्रमक्रमका साथमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने महर्जनले जानकारी दिए ।

कम्प्लेक्समा जेएस मोबाइल शप सञ्चालन गर्दै आएका जगत साउदले यसपालीको महोत्सव भव्य र आकर्षक बनाउने बताए । महोत्सवको अवसर पारेर ताम्राकार कम्प्लेक्सले लक्की ड्र पनि आयोजना गर्दैछ ।

सामसुङ मोबाइल एण्ड इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले हरेक दिन लक्की ड्र गरि ३० हजार रुपैयाँ बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने बताए । उनका अनुसार हरेक दिनका ग्राहकहरुको विवरण राखि बम्पर उपहारमा ८० हजार रुपैयाँ बराबरको स्मार्टफोन दिइने बताइएको छ ।

कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निःशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ । महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने मेरिना मोबाइलका कृष्ण कर्माचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment