Comments Add Comment

लेखापरिक्षको भूमिका विश्वसनिय हुनुपर्नेमा अर्थमन्त्रीको जोड

Ican-Summit
१७ माघ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले देश विकासका लागि लेखापरिक्षण व्यवसाय विश्वसनिय हुनपर्नेमा जोड दिएका छन् । राजधानीमा आईक्यान सम्मेलन उद्घाटन गर्दै उनले नेपाल विकासोन्मुख देशबाट विकासशिलमा रुपान्तरण हुँदै गरकाले यसका लागि लेखापरिक्षण स्तरिय हुनुपर्ने धारणा राखेका हुन् ।

‘हामी देश विकासका लागि बैदेशिक लगानीको कुरा गरिरहेका छौं’ अर्थमन्त्री महतले भने- ‘त्यसका लागि लेखापरिक्षणको ठुलो महत्व हुन्छ ।’ लेखापरिक्षकले प्रस्तुत गर्ने रिपोर्टलाई नै सर्वसाधारणले विश्वास गर्ने भएकाले लेखापरिक्षकले उच्च नैतिकताका साथ काम गर्नुपर्ने उनको भनाइ थियो ।

महालेखापरिक्षक भानुप्रसाद आचार्यले लेखापरिक्षण व्यवसायमा केही विकृती देखिएको भन्दै त्यस्ता विकृती नियन्त्रण गर्न यो व्यवसायमा लागेका व्यक्तिहरु नै सक्रिय हुनुपर्ने बताए । लेखापरिक्षकले स्वतन्त्र रुपमा काम गर्न नसके उनीहरुले दिने प्रतिवेदनमा सत्यता नहुने भन्दै उनले लेखापरिक्षणमा स्वतन्त्रता र निश्पक्षता अनिवार्य रहेको उल्लेख गरे ।

उनले आईक्यानलाई लेखापरिक्षण व्यवसायको नियमन गर्ने मुख्य जिम्मेवारी निभाउनका लागि सफलता मिलोस भन्दै आईक्यान समिटले व्यवसायको धरातलको मुल्यांकन गरि गन्तव्यविन्दु र बाटा पहिल्याउनुपर्ने आवश्यक्ता औंल्याए ।

सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले लेखापरिक्षकमा पनि केही विकृती देखिएको भन्दै त्यसलाई आईक्यानले समाधान गर्नुपर्ने बताए । लेखाले नीति, योजना र बजेटलाई पनि निर्देशन गर्ने महत्वपूर्ण पक्ष भएकाले राष्ट्र निर्माण र जनताको सरोकारसँग जोड्दै जानुपर्ने र त्यसका लागी लेखापरिक्षक जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।

Ican-Summit 2

भारतिय चाटर्ड एकाउन्टेन्ट संस्था (आईसीएआई) का काउन्सिल सदस्य भि मुरलीले लेखापरिक्षकलाई सरकार, नियामक निकाय र समाजले विश्वास गर्ने भएकाले जिम्मेवारीपूर्ण काम गर्नुपर्ने बताए  ।

नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का अध्यक्ष नरेन्द्र भट्टराईले लेखा परिक्षकप्रति जनआकांक्षा बढेको तर लेखापरिक्षण व्यवसायका प्रकृती सर्वसाधारणले नबुझ्दा समस्या भएको बताए ।

लेखामान र लेखापरिक्षणमान लागू भइसकेको र नेपाल फाइनान्सियल रिपोटिङ स्ट्यान्डर्ड (एनएफआरएस) लागू हुने चरणमा रहेको भन्दै उनले समिटबाट लेखापरिक्षण क्षेत्रमा देखिएका समस्याहरुको छलफल हुने जानकारी दिए ।

कार्यक्रममा संस्थाका प्रथम अध्यक्ष कोमल बहादुर चित्रकारलाई विषेश सम्मान गर्नुका साथै चाटर्ड एकाउन्टेन्टको विभिन्न तहका परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

नेपालमा अहिले चाटर्ड एकाउन्टेन्ट ७ सय ९७, दर्तावाला लेखापरिक्षक, ७ हजार २ सय ७६ जना रहेका छन् । त्यसमध्ये चाटर्ड एकाउन्टेन्ट पेशागत प्रमाणपत्र २ सय ९५, दर्तावाला लेखापरिक्षक पेशागत प्रमाणपत्र ३ हजार ४ सय १९ ले लिएका छन् ।

यसैगरी चाटर्ड एकाउन्टेन्ट फर्म २ सय ८२, दर्तावाल लेखापरिक्षक र्फम १ हजार ६ सय ९२, चाटर्ड एकाउन्टेन्सी शिक्षाका विद्यार्थी १५ हजार ३ सय ४, लेखा प्राविधिक शिक्षाका विद्यार्थी २ सय ८२ रहेको आईक्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment