Comments Add Comment

भोलिदेखि अपि हाइड्रोको १० करोडको सेयर स्थानीयलाई

Api Hydro
१८ माघ, काठमाडौं । अपि हाइड्रोपावर कम्पनीले सोमबार (माघ १९) देखि स्थानीयबासीका लागि १० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने भएको छ । स्थानीयले छिटोमा फागून ४ गते र ढिलोमा फागून २४ गतेसम्म आवेदन दिन सक्नेे कम्पनीका अध्यक्ष गुरु न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

न्यौपानेका अनुसार दार्चुलाको गोकुलेश्वर र खलंगामा रहेको जनता बैंकको शाखा, परियोजनास्थल दार्चुलाको जेथला गाविस, बैतडीको सदरमुकाम गोठालापानीस्थित एनसीसी बैंक र टुरिज्म डेभलपमेन्ट बैंकमार्फत स्थानीयले आवेदन दिन सक्नेछन ।

त्यसैगरी, सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटल मार्केटका विभिन्न शाखाबाट पनि स्थानीयले आवेदन दिनसक्नेछन ।

दार्चुलाको नौगाढ खोलामा निर्माण भइरहेको आयोजनाको विद्युत उत्पादन क्षमता साढे ८ मेगावााट हो । आगामी चैत महिनामै बत्ति बाल्ने कम्पनीका प्रबन्ध निर्देशक सञ्जिब न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार यो परियोजनाले लगानीकर्तालाई वाषिर्क २० प्रतिशतका दरले प्रतिफल दिनेछ ।

Api Hydro2
आज पत्रकार सम्मेलन गरी कम्पनीले स्थानीयका लागि १९ गतेदेखि सेयर खुलाइनेबारे जानकारी गराए ।  ‘सम्पूर्ण सुदुरपश्चिमबासीहरुलाई यो कम्पनीमा लगानी गर्न आग्रह गर्दैछौं’ न्यौपानेले भने ।

निकट भवियष्यमै ३० करोड रुपैयाँ बराबरका सर्वसाधारण जारी गर्ने तयारी भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘सर्वसाधारण सेयर (आइपीओ)का लागि धितोपत्र बोर्डमा अन्तिम प्रक्रियामा छौं’ उनले भने ।

Api 3
आयोजनाको कूल लागत १ अर्ब ३९ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमा ९८ करोड रुपैयाँ नेपाल बैंकको नेतृत्वमा प्राइम बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेपाल एसबिआई बैंकले सहवित्तीयकरणमा संयुक्त लगानी गरेका छन ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवर्द्धकहरुले चुक्ता गरिसकेको छन भने १० करोड स्थानीबाट र ३० करोड सर्वसाधारणबाट उठाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment