Comments Add Comment

भारतीय गायकले नेपाली फ्यानलाई दिए गीत उपहार(भिडियो)

aatma-ma
केही प्रतिष्ठित भारतीय कलाकारले नेपाल र नेपालीप्रति चासो बढाईरहेको बेला चर्चित भारतीय गायक गौरब डगान्करले नेपाली गीत गाएका छन् ।

आत्मामा..’ र गलियाजस्ता चर्चित गीतका गायक गौरवले आफ्ना नेपाली प्रशंसकका लागि भन्दै मिक्सअप भिडियो दिएका छन् । दुईवटा गीतको फ्युजन गरिएको यो गीतको भिडियो आफ्नो फेशबुक पेजमासमेत पोष्ट गरेका छन् ।
उनले नेपाली प्रशंसकका लागि दुई गीतको फ्युजन गरी मिक्सअप बनाएको उल्लेख गर्दै भनेका छन् ‘मेरो यो गीत शायद नेपाली दर्शकलाई मन पर्छ होला ।’

भारतको मुम्बईमा जन्मेका गौरब प्राय रक-पप शैलीका गीत गाउँछन् । उनी गायनको अतिरिक्त संगीत कम्पोज, उत्पादन र लेखनमा समेत सक्रिय छन् ।

हिन्दी फिल्म ‘जोक्कर’ मा उनले म्युजिक कम्पोज गरेको आइटम संगले निकै राम्रो चर्चा पाएको थियो । जुन गीतमा सुनिधी चौहानले स्वर दिएकी थिइन् ।

सन् २००८ मा उनको पहिलो एल्बम ‘कलेज डे’ सार्वजनिक भएको थियो । त्यसपछि लीक्वीर फिकर, अब लौट आ र क्वादा हो सार्वजनिक भएको छ ।

उनले केही हिन्दी फिल्ममा पनि संगीत दिएका छन् । लंका, वील यु म्यारी मि, जोक्कर लगायतका फिल्ममा पनि संगीत गरेका छन् उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment