Comments Add Comment

देउवाले भने-एमाओवादी आन्दोलनलाई सहयोग नगर्नुस्

१८ माघ, भीमदत्तनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चालाई सहयोग नगर्न नेपाली जनतालाई आग्रह गरेका छन् ।

sherbahadur deubaशान्ति स्थापना र संविधान जारी गर्न नदिने षडयन्त्र विपक्षी मोर्चाले गरिरहेको उनले आरोप समेत लगाए ।

‘संविधानका विमतिलाई संविधानसभाभित्रबाटै समाधान गर्नको साटो केही दल आन्दोलनमा जाने भन्दैछन्,’ नेपाल प्रेस युनियन डडेल्धुराले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘शान्ति र संविधानको विरोध गर्नेहरुलाई सहयोग नगर्नुस् ।’

उनले विपक्षी दलहरुलाई संविधानसभाभित्रै समस्याको समाधान खोज्न आग्रह गरे । माओवादीसहितको मोर्चा सहमतिमा नआए पनि दुई तिहाइबाटै संविधान जारी गर्ने देउवाले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment