Comments Add Comment

प्रश्नावली समिति बहिस्कार गर्ने राप्रपा नेपालको चेतावनी

१८ माघ, काठमाडौं । संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे संविधानसभामा मतदान गर्नुपर्ने अडान राखेको छ ।

RPPN-आफ्नो मागमा कांग्रेस र एमालेले सहमति नजनाएपछि राप्रपा नेपालले प्रश्नावली समितिअन्तरगतको उपसमितिको बैठक बहिस्कार गरेको छ । उसले प्रश्नावली समिति नै बहिस्कार गर्ने चेतावनी दिएको छ ।

संविधानका विवादित विषयमा प्रश्नावली बनाउन गठित समितिमा एमाओवादी र मधेसीवादीसहितका १९ दल पनि अनुपस्थित छन् । राप्रपा नेपालले पनि बहिस्कार गरे सत्तारुढ  दलहरु मात्र रहनेछन् ।

प्रश्नावली समितिको कार्यविधि बनाउन गठित उपसमितिको आइतबारको बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्नावली बनाउनुपर्ने माग गरे ।

‘पहिलो संविधानसभाले निर्णय गरिसकेको विषय भएकाले प्रश्न सोध्न मिल्दैन भनेर उहाँहरुले ढोका बन्द गर्ने कुरा गर्नुभो’ गिरीले अनलाइनखबरसँग भने-‘हामीले बैठक बहिस्कार गर्‍यौं ।’ तर, पहिलो संविधानसभा अवसान भएकाले समाप्त भयो ।’

पहिलो संविधानसभाको अवसानसँगै त्यसका गरेका निर्णयहरु कायम नरहेको भन्दै राप्रपा नेपालले भने अब सबै विषयमा नयाँ शिराबाट जानुपर्ने बताएको छ ।

‘हामी हार्न तयार छौं । प्रक्रियाबाट हराउनुस्’ भन्दा पनि उहाँहरुले मान्नुभएन’ गिरीले भने-‘यही अस्वस्थामा हामी सँगै हिड्न सक्दैनौं । समिति पनि बहिस्कार गछौं ।’

संविधानसभाको माघ ११ गतेको बैठकले विपक्षीको नाराबाजीका वीच प्रश्नावली समिति बनाएको थियो । तर, ७३ सदस्यीय समिति विपक्षी नआएका कारण हाल ४९ सदस्य मात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment