Comments Add Comment

सप्तरीमा तीन थान हतियार भेटियो

१८ माघ, सप्तरी । भारतको सीमा क्षेत्रमा पर्ने सप्तरी जिल्लाको बनैनिया-६ स्थित कमलपुरमा प्रहरीले शनिबार राति ३ थान पेस्तोल र पाँच राउण्ड गोली फेला पारेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक निरकृष्ण अधिकारीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले सो हतियार बरामद गरेको हो ।

सीमावर्ती क्षेत्रमा पर्ने सडक छेउमा एक शंकास्पद व्यक्तिले प्रहरीलाई देखेर झोला फाली भागेपछि सो झोलामा जाँच गर्दा हतियार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

झोलाभित्र टाटा इण्डियन लेखेको पेस्तोल एकथान, कटुवा पेस्तोल दुईथान र विभिन्न हतियारमा प्रयोग हुने पाँच राउण्ड गोली भेटिएको थियो ।

सशस्त्र प्रहरी टोलीले बरामद हतियार तथा गोली आवश्यक कारवाहीका लागि स्थानीय जनपथ प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीका डीएसपी अजय छत्कुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment