Comments Add Comment

‘फेसबुकले विचल्ली पार्‍यो'(भिडियो)

chanke-sankhe-pankeh
चलचित्र ‘चंखे शंखे पंखे’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र वि.सं २०७२ सालको जनै पूणिर्माको दिन सार्वजनिक हुने यसको निर्माणपक्षले  जनाएको छ ।

सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रले ३ यूवकको कथालाई कमेडी शैलीमा प्रस्तुत गरेको छ । चलचित्रमा सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी र पूजा शर्माको मुख्य भूमिका छ ।

सन्तोष सेनको लगानीमा बनेको यो चलचित्रको ‘फेसबुकले विचल्ली पार्‍यो नी’ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । फेसबुक क्रेज नेपालीमाँझ पनि बढ्दै गएको अवस्थामा यो गीतले चलचित्रप्रति उत्सकुता बढाउने अपेक्षा निर्माणपक्षको छ ।

एक नारायण भण्डारीको शब्द रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत, रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर छ । यो चलचित्रका मुख्य कलाकारद्धय सुदर्शन थापा र पूजा शर्माको नयाँ चलचित्र ‘अझै पनि’ फागुन १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment