Comments Add Comment

‘मलाई स्टार भएकोमा घमण्ड छैन’ : अमिताभ बच्चन

amitav-bachhan
अमिताभ बच्चन बलिउडमा मात्र होइन, विश्वमै चर्चित नायक हुन् । उनलाई बलिउडमा ‘बीग बी, मेघा स्टार, महानायक’ जस्ता उपनामले पनि बोलाइन्छ । बलिउडमा आफ्नो लामो समय बिताएका बच्चनको प्रतिष्ठा विश्वमै छ । उनै अमिताभ यतिबेला आफ्नो नयाँ चलचित्र ‘शमिताभ’को प्रमोशनमा छन् ।

प्रमोशनको दौरानमा अमिताभले आफूमा कुनै घमण्ड नभएको बताएका छन् । ‘तपाइमा आफू स्टार भएको घमण्ड कती छ ?’ एक पत्रकारले सोधेको प्रश्नमा अमिताभले भने-‘ हाम्रो पेशामा अहंकारको कुनै बिषय नै छैन । ममा यस्तो घमण्ड छैन, अरु कलाकारको बारेमा मलाई जानकारी भएन ।’

अमिताभले आफूमा दम्भको कुनै संकेत नभएको भन्दै आफ्नो पेशामा इमान्दिरताको साथ अगाडि बढेको बताए ।
अमिताभले आफूलाई एक सामान्य मानिस भएको बताउँदै आफ्नो ब्लगमा लेखेका छन्-‘म पनि तपाइहरु जस्तै एक सामान्य मानिस हुँ ।

तपाइहरु आफ्नो जिवन चलाउँनका लागि अरु कुनै काम गर्नुहुन्छ, म चलचित्रमा अभिनय गर्छु । मलाई स्टार भएकोमा कुनै घमण्ड नै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment