Comments Add Comment

नवलपरासीमा होटल व्यवसायीको हत्या

१८ माघ, कावासोती । नवलपरासीको कावासोती नगरपालिका २ का होटल व्यवसायी दिपेन्द्र पाण्डेको हत्या भएको छ ।

मनकामना होटलका सञ्चालक २८ वर्षीय पाण्डेको जिल्लाकै देउराली गाविस २ को जंगलमा शव फेला परेको छ ।

शनिबार साँझदेखि हराइरहेका पाण्डे आइतबार विहान १० बजेतिर जंगलमा मृत फेला परेका हुन् ।

घाँटीमा धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेकोले हत्या नै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए ।

अधिकारीले घटनाको अनुसन्धान भईरहेको र थप अनुसन्धानका लागि पोखराबाट कुकुर मगाइएको जानकारी दिए ।

उनका अनुसार डण्डा र चोरमाराको बीच जंगलमा पर्ने ४० किलोमिटर भन्ने ठाउँबाट उत्तरतर्फको थुम्किदेवी सामुदायिक वनमा शव फेला परेको हो । प्रहरीले घटनास्थलबाट शव उठाएको छैन ।

लजमा महिलाको मृत्यु, श्रीमान् फरार

यसैबीझ मोरङको उर्लाबारी नगरपालिका–६ स्थित सफल लजमा आइतबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

इलामको मोहमाई–४ बस्ने २८ वर्षीया मञ्जु दर्जी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

उनी विगत एक वर्षदेखि आफना पति बुद्धिमान मगरसँग बस्दै आएकी थिइन् । घटनास्थलमा प्रहरी पुग्नासाथ मगर फरार भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment