Comments Add Comment

एमाओवादी मोर्चा अवसरवादीको गुट : डा. महत

Prakash-Saran-Mahat१८ माघ, भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले कांग्रेसलाई संविधानको श्रेय नदिन विपक्षी दलले बखेडा झिकेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा महतले विपक्षी दलहरुले सत्ताको हिस्सा आफ्नो पक्षमा पार्न कांग्रेसलाई संविधान जारी गर्न नदिएको बताए ।

संविधान निर्माणको बाधक एमाओवादीसहितको मोर्चा भएको भन्दै उनले मोर्चालाई अवसरवादी गुटको संज्ञा दिए । ‘एमाओवादी लगाएत मोर्चाका दलले सत्ताका लागि मात्र आन्दोलन गरेका छन्,’ महतले भने, ‘यो अवसरवादी गुट हो ।’

बेमौसमको अन्दोलनले देशलाई निकास नदिने भएकोले केही दलले मोर्चा छोड्न थालेको महतले दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment