Comments Add Comment

पाँच अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार

१८ माघ काठमाडौं । साताको पहिलो दिन आइतबार ४.७८ अंकले बढेर नेप्से परिसूचक ९ सय ९१.४४ अंकमा पुगेको छ ।

यो दिनको कारोबारबाट वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र अन्य समूहका सूचक बढेका छन भने होटल, जलविद्युत, बीमा र उत्पादनमूल समुहका सूचक घटेका छन ।

आइतबार १ सय ४९ कम्पनीका १० लाख ४२ हजार कित्ता सेयर ३७ करोड ७२ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन प्रभू बैंकको ५ करोड ७२ लाख रुपैयाँको किनबेच भएको एक्सचेञ्जले जनाएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ३६ लाख रुपैयाँको प्रोमोटर सेयर, एभरेष्ट बैंकको २ करोड १९ लाख रुपैयाँको, नेपाल बैंकको १ करोड १९ लाख रुपैयाँ, सेञ्चुरी बैंकको १ करोड २४ लाख र ग्लोबल आइएमई बैंको १ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।

Sub-Indices Turnover Current Points Change %Change
Banking 205,104,000.00 885.86 6.15 0.7
Hotels 3,296,680.00 2,063.68 12.57 0.61
Development Bank 50,714,900.00 792.85 6.63 0.84
HydroPower 24,764,000.00 2,347.16 8.83 0.37
Finance 9,628,800.00 528.81 2 0.38
Insurance 27,444,100.00 4,139.30 9.47 0.23
Manu.& Pro. 270,840.00 1,353.99 0.24 0.02
Others 1,806,290.00 748.37 8.22 1.11

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment