Comments Add Comment

राप्रपा नेपालद्वारा प्रश्नावली समिति बहिष्कार

Prashnabali-Samiti

  • आइतबार बसेको प्रश्नावली प्रस्ताव समितिको बैठक

१८, माघ काठमाडौं । संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका बारेमा जनमत संग्रहमा जाने प्रस्ताव अस्वीकृत भएपछि राप्रपा नेपालले प्रश्नावली प्रस्ताव समिति बहिस्कार गरेको छ ।

प्रश्नावली समितिको आइतवार सिंहदरवारमा बसेको बैठकमा राप्रपा नेपालले यी विषयमा जनताको अभिमत लिनुपर्ने र प्रश्नावलीमै राखिनुपर्ने माग गरेको थियो ।

तर कांग्रेस एमाले लगायतका अन्य दलले मुलुक संघीय गणतन्त्र र धर्म निरपेक्ष घोषित भइसकेकाले यस्ता विषयमा जनमत संग्रह नहुने बताउदै प्रश्नवालीमा यी विषय नसमेटिने बताएका छन् ।

आफूहरुलाई समितिमा निषेध गरिएको र प्रश्नवालीमा आफ्ना धारणा नसमेटिने भएपछि बहिस्कार गरिएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए । समितिमा राप्रपा नेपालका तीन सभासद छन् ।

यसैबीच प्रश्नावली समितिमा ३० दलीय मोर्चा छाडेका जनता दलका सभासद हरिचरण शाह आमन्त्रित सदस्यका रुपमा थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment