Comments Add Comment

सरकार सहमतिको पक्षमा : विमलेन्द्र निधि

१८ माघ, पोखरा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले एकीकृत नेकपा माओवादी लगायत ३० दलीय मोर्चाले गर्ने आन्दोलनले संविधान निर्माणमा बाधा पुग्ने बताएका छन् ।

Bimalendra-Nidhiनेपाल प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाटमा उनले सत्तारुढ दल र सरकार वार्ता तथा सहमतिबाटै समस्याको समाधान निकाल्ने पक्षमा रहेको बताए । उनले छलफलमा आउन विपक्षी दलहरुसँग आग्रह पनि गरे ।

संविधान निर्माणमा प्रश्नावली समिति गठन भए पनि अन्तिमसम्म सहमतिको प्रयास गरिने र सहमति हुनै नसकेमात्र प्रक्रियाबाट संविधान जारी गरिने उनको स्पष्टोक्ति थियो ।

एक अर्को प्रसङ्गमा मन्त्री निधिले सवारी दुर्घटनाहरु विशेष गरी चालकहरुको लापर्बाहीले हुने गरेको र दुर्घटना न्यून गर्न चेतना अभिवृद्धि, तालिम र नियम कानुनलाई परिवर्तन गरिन लागिएको जानकारी दिए ।

उनले साँघुरा सडकको स्तरोन्नति र मर्मत गर्न सरकारले विशेष ध्यान दिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment