Comments Add Comment

ट्याक्टर पल्टिदा एकको मृत्यु

१८ माघ, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका एक मालवासेमा ट्याक्टर पल्टिदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

सदरमुकामबाट अर्गानिक मल लिएर खार्ताम्छा गाविसतर्फ जाँदै गरेको को १ त ३४३९ नम्वरको ट्याक्टर दिउँसो १ बजे दुर्घटना हँदा बायोप्लान्ट कम्पनीका कर्मचारी सुनसरी प्रकाशपुर घर भएका सरोज परियारको मृत्यु भएको हो ।

अछाममा ट्याक्टर दुर्घटना, ४ घाईते

यसैगरी अछामको साँफेबगरबाट बिनायकका लागि छुटेको भे १ त ४३९० नम्वरको ट्याक्टर आइतबार बिहान कैलाशखोलामा दुर्घटना हुदा ४ जना घाईते भएका छन् । कैलाली रामशिखरझाला गाविसका गाडी चालक चुनुलाल चौधरी, कुईका ४ का थोले भुल र हर्क भुल तथा कुईकाकै दिपक तिमिल्सेना घाइते भएका हुन् ।

घाईतेहरुलाई उद्धार गरी बयलपाटा अस्पतालामा भर्ना गरिएको अछामका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । घाईते मध्ये गाडी चालक चौधरीको अवस्था गम्भीर छ । उनको टाउको र आँखामा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment