Comments Add Comment

फ्रेस फेस :’मेरो फिगर सेक्सी छ, विकिनी आपत्ती छैन’ :माला लिम्बु(भिडियो सहित)

Mala Limbu_9
नेपाली चलचित्र क्षेत्रमा सुनौलो भविष्य देखेर नयाँ नयाँ अनुहार भित्रिएको पाइन्छ । सिंगापुरमा जन्मिएकी नेपाली चेली माला लिम्बु पनि अहिले यही सोचका साथ अगाडि बढेकी छिन् ।

‘गुडबाई काठमाण्डु’मा पहिलो पटक काम गरेकी मालाका लागि प्रदर्शनको आधारमा ‘वन वे’ पहिलो चलचित्र बनेको छ । फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा आफू एक प्रेमिकाको भूमिकामा रहेको मालाले बताइन् ।
अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्तर्गत कुरा गर्दै मालाले भनिन्-‘मलाई सानैदेखि कलाकार बन्ने चाहना थियो । यसैले म यो क्षेत्रमा आएकी हुँ ।’

शारिरीक रुपमा निक्कै फिट देखिएकी यी सुन्दरी यसको राज सिंगापुरमा रहँदा गरेका व्यायाम र खेललाई मान्छिन् । यसैले उनलाई आफ्नो शरीर सेक्सी छ भन्दा कुनै आपत्ती छैन । चलचित्र ‘वन वे’मा कलाकार सिद्धार्थ गुरुङसँग लिप किस दिएकी मालाले भनिन्-‘मलाई यसमा कुनै आपत्ती छैन । नेपालको गाउँले परिवेशमा यो नरुचाइए पनि काठमाण्डौ र मुख्य-मुख्य शहरमा रुचाइन्छ ।’ उनले चुम्बनलाई माया साट्ने राम्रो उपाय भएको समेत खुलाइन् ।

सेक्सी फिगर भएकाले आफूलाई विकिनी लगाउन समेत कुनै अप्ठ्यारो नहुने मालाको तर्क छ । तर, यसका लागि चलचित्रको कथावस्तु नै त्यस अनुसार बग्नुपर्छ भन्छिन् उनी ।

नेपाली भाषा अझै पनि स्पष्ट बोल्न नजान्ने मालाले आफूलाई सुधार गर्नुपर्ने कुरा पनि धेरै भएको बताइन् । मालाले भनिन्-‘अभिनय भनेको काम गरे अनुसार नै सुध्रिने कुरा हो । म सबैभन्दा पहिला मेरो नेपाली भाषा स्पष्ट पार्न चाहन्छु ।’

Mala Limbu_8
उनले २ चलचित्रमा अभिनय गर्दा आफूले धेरै कुरा सिकेको खुलाइन् । नेपाली चलचित्रमा लागेर स्टार बन्ने सपना नभएपनि माला एउटा उचाइमा पुग्छु भन्ने ठान्छिन् । मालालाई थ्रिलर र एक्सन चलचित्रमा काम गर्ने चाहना छ । यस्ता चलचित्रको अफर आइदिए हुन्थ्यो भन्ने चाहना उनले व्यक्त गरिन् ।

बलिउड नायक सलमान खानकी फ्यान माला कुनै दिन आइटम गीतमा नाच्ने सपना सुनाउँदै थिइन् । नेपालमा भने उनलाई सौगात मल्लसँग काम गर्ने रहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment