Comments Add Comment

संवैधानिक राष्ट्रपति हुनु जेल जानुजस्तै : प्रचण्ड

  • फाइल फोटो

२० माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आएको तर, आफूले अस्वीकार गरेको दाबी गरेका छन् ।

माओवादीको युवा संगठन वाईसीएलको केन्द्रीय समिति बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले अहिले राष्ट्रपति हुनु भनेको जेल जानुजस्तै भएको टिप्पणी गरेका छन् ।

कार्यकारी प्रधानमन्त्री हुँदा त आफूले सोचेजस्तो गर्न नसकिएको भन्दै प्रचण्डले संवैधानिक राष्ट्रपतिलाई जेल जानु जस्तै भएको बताए । उनले भने- ‘राष्ट्रपतिको प्रस्ताव आएको हो तर, इन्कार गरेँ । संवैधानिक राष्ट्रपति हुनु भनेको जेलमा जानु जस्तै हो ।’

उधारो सम्झौता गर्दा गर्दा आफू थाकेको भन्दै प्रचण्डले अब आन्दोलनमा जाने बताएका छन् । पहिलो संविधानसभामा विरोधीहरुले रोइकराई गरेपछि आफू भावुक भएर सम्झौता गरेको उनले बताए । ‘सहिद वेपत्ता परिवार घाइते सबैको सपना सम्झेर आउनु सक्नुहुन्छ आउनुस्, मचाहिँ हिडेँ’-उनले भने ।

आफूले आन्दोलन गर्छुभन्दा धेरैले नपत्याएको भन्दै प्रचण्डले भने- ‘नेताहरु सुबिधाभोगी भए, क्रान्ति गर्दैनन् भन्ने लागेको छ, तपाईहरु भनेर पत्याउनुहुन्न, टाउको फुटाउँछु र रगत बगाएपछि मात्र विश्वास गर्नुहुन्छ, यात्रामा भेट्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment