Comments Add Comment

वायुसेवा निगमको नयाँ एयरवस दिउँसो आउँदै

२५ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग किनेको नयाँ जहाज आज अपरान्ह काठमाडौं आइपुग्दैछ ।

Nepal-Airlines-Airbusदिउँसो करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुने निगमका प्रवक्ता रामहरि शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

मौसमको खराबीका कारण जर्मनीबाट पूर्वनिर्धारित समयभन्दा चार घण्टा ढिलो विमान उडेकोले आउन केही ढिलाइ भएको शर्माले बताए । १ सय ५८ सिट क्षमताको ए ३२०-२०० सिरिजको जहाज यसअघि विहान ११ बजे काठमाडौं आइपुग्ने बताइएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ जहाजको स्वागतका लागि विशेष तयारी गरिएको छ । १ सय ५८ सिट क्षमताको नयाँ एयरबसमा १ सय ५० इकोनोमी र ८ सिट बिजनेस क्लासका हुने छन् । नयाँ जहाज निगमले भारतको मुम्बइ, बैंगलोर र दिल्लीमा उडान गर्नेछ । चीनको ग्वाङझाओमा पनि सेवा विस्तार गरिने छ ।

साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुने विश्वास गरिएको छ ।

निगम र फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसबीच दुई जहाज खरिद-बिक्री सम्झौता गत वर्ष भएको थियो । सम्झौताअनुसार एउटा जहाजको मूल्य ७ अर्ब २० करोड रुपैयाँ छ ।

अर्को नयाँ जहाज दुई महिना पछि नेपाल आइपुग्ने छ । एयरबस नेपाल आएपछि निगमसँग ३ वटा ठूला र ५ साना गरी ८ वटा जहाज हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment