Comments Add Comment

मलेसियाका मेनपावर व्यवसायीहरुको छुट्टै संघ गठन

Malashiya२७ माघ, काठमाडौं । मलेसियामा रहेर मेनपावर व्यवसाय संचालन गरिरहेका व्यवसायीहरु संगठित भई नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय संघ गठन गरेका छन् ।
व्यवसायी तथा आधिकारिक प्रतिनिधिहरु सम्मिलित संघले व्यवसायी र कामदारको हकहितका लागि काम गर्ने जनाएको छ ।

माउण्ट कञ्चन इन्टरनेशनल प्रालिका संचालक कमल गौतमको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समितिको संघ गठन भएको हो । मलेसियामा मेनपावर व्यवसाय तथा कामदारहरुका समस्या बढ्न थाल्दा एकिकृत आवाज उठाउन र समस्या समाधानका लागि पहल गर्न संघ स्थापना गर्नु परेको अध्यक्ष गौतमको बताए ।

संघको उपाध्यक्षमा समद ओभरसिजका संचालक विवेक चालिसे, सचिवमा रोजन खड्का, सहसचिवमा विनोद थापा, कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सदस्यमा चोलाकान्त पंगेनी, महेन्द्रजंग शाही, खगेन्द्र न्यौपाने, डेभिड श्रेष्ठ, भिष्म श्रेष्ठ, रणबहादुर गुरुङ र राजन अधिकारी रहेका छन् । संघको सल्लाहकारमा अग्नी पौडेल, लोचन विमली र सन्तोष कार्की रहेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले मलेसिया पुगेको बेला उनकै प्रमुख आतिथ्यतामा गठन भएको संघले चाँडै नेपाल र मलेसियामा आधिकारिकता लिने जनाइएको छ ।
‘संघको आधिकारिकता मलेसियाको संघलाई दिइनेछ, यसले गर्दा मलेसियामा काम गर्न सजिलो हुन्छ ।’ अध्यक्ष वाग्लेले भने ।

मलेसियामा कार्यरत व्यवसायीहरुले पोतला ओभरसिजका संचालक हरि भट्टराईको संयोजकत्वमा ३ बर्ष अगाडि नै समन्वय समिति स्थापना गरेको थियो ।
तर, व्यवसायीहरुलाई समस्या पर्दा कुनै काम नगरेको र निष्त्रिmय भएकाले ठोस काम गर्नका लागि छुट्टै संघ खोल्नु परेको पंगेनी ह्युमन रिसोर्सका संचालक समेत रहेका चोलाकान्त पंगेनीले जानकारी दिए । उनले मलेसियाका कार्यरत सवै व्यवसायीलाई आगामी दिनमा संघमा सहभागी गराउने बताए ।

संघका अध्यक्ष वाग्लेको नेतृत्वमा नव गठित संघका पदाधिकारीहरुले मलेसिया स्थित नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातलाई भेटी संघ गठन भएको जानकारी समेत गराई सकेका छन् । दूतावाससँग सहकार्य गर्दै नेपालीहरुको हकहितका लागि संघ अगाडि बढ्ने जानकारी अध्यक्ष गौतमले राजदूत बस्न्यात समक्ष राखे ।

राजदूत बस्न्यातले संघ गठन गरेर दूतावासमा आफ्नो काम गराउन मात्र दवाव दिन हो भने कुनै सहकार्य गर्न नसकिने जीकिर गरे ।’दूतावाससँग सहकार्य गरेर धेरै समाजिक काम गर्न सकिन्छ, त्यतातिर संघको ध्यान जाओस् ।’ उनले भने ।

विदेशमा रहेका नेपाली व्यवसायीहरु संगठित हुनु आफैमा राम्रो पक्ष हो जसले आफ्नो स्वार्थभन्दा पनि नेपाल र नेपालीको पक्षमा काम गर्न अत्यत्तै जरुरी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment