Comments Add Comment

यी हुन् करिनाले छाडेका हिट फिल्म

Karina-Kapur

करिना कपुर अहिले पनि बलिउडको प्रतिभाशाली अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनले अभिनय गरेका दजनौं फिल्म बक्स अफिसमा हिट भए । केही फिल्म यस्ता पनि छन, जसलाई लगानी उठाउन समेत धौ-धौ भयो ।

आफुले अभिनय गरेको फिल्म हिट होस् या फल्प, कहिल्यै मतलब गरिनन् करिनाले । त्यसो त उनले अभिनय गरेका फिल्म असफल हुँदा पनि उनको करिअरमा नकारात्मक असर परेन । तर, करिनाले छाडेका केही फिल्म यसरी हिट भइदिएकी उनले थकथकी मान्नुपर्ने अबस्था आयो ।

‘टाईम्स अफ इण्डिया’ ले केही यस्ता फिल्मको सूची तयार पारेको छ, जुन फिल्म करिनाले छाडेकी थिईन् । पछि बक्स अफिसमा तिनै फिल्म हिट भए ।

कहो ना प्यार है: कहो ना प्यार है मा अमिषा पट्टेलको ठाउँमा करिना कपुर अनुबन्ध भएकी थिईन् । केही दिन सुटिङ पनि गरिन् । तर, उनलाई आफ्नो भुमिका चित्त बुझेन । निर्देशक राकेश रोशनसँग फिल्म ऋतिककै चरित्रमा केन्दि्रत भएको गुनासो गर्दै हिरोईन केन्दि्रत बनाउन आग्रह गरिन् । निर्देशक राकेशले मानेनन् । अन्ततः करिनाले सुटिङै छाडिन् ।

त्यही भुमिकाका लागि निर्देशक राकेशले अमिषा पट्टेललाई प्रस्ताव राखे । अमिषाले सहजै मानिन र यहि फिल्मवाट उनको करिअर बन्यो । अहिले पनि ‘बक्स अफिस’मा सर्वाधिक सफल फिल्मको सूचीमा गनिन्छ ‘कहो ना प्यार है’ ।

karina-400हम दिल दे चुके सनमः निर्देशक सञ्जयलीला भन्सालीले पनि प्रारम्भमा ‘हम दिल दे चुके सनम’ मा करिनालाई अभिनय गराउन चाहेका थिए ।

उक्त फिल्ममा सलमानको अपोजिट नन्दीनीको भुमिका करिनाले गर्न नमानेपछि ऐश्वर्या रायलाई अभिनय गराएका थिए । करिनाले भन्सालीको फिल्ममा काम छाडेर ‘बडीगार्ड’ मा अभिनय गरेकी थिईन् ।

कल हो ना होः निर्देशक करण जौहरले ‘कल हो ना हो’ मा नैनाको भुमिकामा करिना कपुरलाई पहिलो प्रस्ताव राखेका थिए । करिनाले भुमिका राम्रो नभएको भन्दै काम गर्न नमानेपछि नैनाको भुमिका पि्रती जिन्टाले निर्वाह गरेकी थिईन् ।

फेशनः फेशनका निर्देशक मधुर भण्डारकरले ‘फेशन’ को मुख्य भुमिकामा पहिलो प्रस्ताब करिना कपुरलाई राखेका थिए । समय अभावका कारण करिनाले काम गर्न भ्याईनन् । पछि यहि भुमिकावाट पि्रयंका चोपडाले नेशनल अवार्ड पाईन् ।

रामलीलाः करिनाको जीन्दगीको एउटा भुल हो भनेर समेत टिप्पणी भयो उनले रामलीलामा अभिनय नगरेकोमा ।

सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘रामलीला’मा करिनाले काम नगरेपछि दीपिका पादुकोणलाई अभिनय गराईएको थियो । रामलीला बक्स अफिसमा हिट भएको थियो भने दीपिकाले अवार्ड समेत पाईन् । त्यही फिल्ममार्फत् रणवीर सिंह र दीपिका पादुकोणको अफयेयर पनि सुरु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment