Comments Add Comment

अन्नपूर्ण जाने हो ? १४ दिन छुट्याउनोस् ! (फोटोकथा)

ANNAPURNA N MUSTANG (1)

शब्द/तस्वीर : रञ्जन राजभण्डारी
के तपाई अन्नपूर्ण पदयात्रामा जान चाहनुहुन्छ ? संसारका मानिसहरु आकर्षित हुने यो पत्रदाया नेपालीहरुका लागि त झन् आफ्नै देशको सौभाग्य हो ।

अन्नपूर्ण पदयात्रालाई विश्वकै उत्कृष्ट १० मध्ये एक मानिन्छ । साहसिक साथै हिमालको सुन्दर दृश्य अवलोकनका लागि अन्नपूर्ण पदयात्रा विदेशी पर्यटकहरुको रोजाइमा पर्ने गरेको हो ।

नेपालमा हुने पदयात्रामध्ये पहिलो रोजाइमा पर्ने यो पदयात्रामा अन्नपूर्ण, धौलागिरी, नीलगिरीलगायत दर्जनौं हिमश्रृंखलासँग साक्षात्कार गर्न पाइन्छ ।

ANNAPURNA N MUSTANG (2)

यो यात्राका लागि तपाईले आफ्नो व्यस्त जीवनबाट १४ दिनको समय छुट्याउनुपर्ने हुन्छ ।लमजुड, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लालाई समेटेर बनेको अन्नपूर्ण पदयात्रामा सबैभन्दा उच्च स्थान थोरङला पास हो । यसको उचाइ ५ हजार ४ सय १६ मिटर छ ।

यात्राका क्रममा मुक्तिनाथ दर्शन पनि गर्न पाइन्छ भने प्रकृतिको मनोरम काखमा लुटुपुटु हुन पाउँदा स्वर्गमा पुगेको अनुभूति हुन्छ ।

साइकलमा अन्नपूर्ण पदयात्रा गर्ने हो भने लमजुङको बेंसीसहरबाट  यात्रा सुरु हुने गर्छ । साइकल यात्राको अन्तिम स्थान हो म्याग्दीको बेनी ।

अन्नपूर्ण साइकिलमा जाने वा पदयात्रामा जाने यात्रुहरुका लागि बाटोमा बस्न र खानको कुनै समस्या छैन । नेपालको पहिलो रोजाइको पदयात्रा भएका कारण बिभिन्न स्थानमा स्वास्थ सेवासमेत उपलब्ध छ ।

तर, यात्रामा जानेहरुले औषधि, पर्याप्त मात्रामा न्यानो कपडा, तातो पञ्जा, चश्मा, न्यानो टोपी र स्लिपिङ ब्याग बोक्नु राम्रो हुन्छ ।

साइकलमा अन्नपूर्ण सर्किट गरेर काठमाण्डौदेखि काठमाण्डौसम्मको यात्रा लागि १४ दिनको समय छुट्याउनुपर्छ ।

अन्नपूर्ण पदयात्राका लागि तपाईले दिनको न्युनतम २५ सय रुपैयाँका दरले करिब ३५ हजार रुपैयाँ गोजीमा बोक्नुपर्ने हुन्छ । तर, पाँचजना भन्दा बढीको समूह बनाएर यात्रा गर्ने हो भने २५ देखि २८ हजारसम्म प्रतिव्यक्ति खर्च लाग्न सक्छ ।

ANNAPURNA N MUSTANG (3)

पहिलो  दिन : काठमाडौबाट लम्जुङको बेंसीसहरसम्म बस यात्रा । बेंसीसहरबाट बुलबुलेसम्म १० किमि साइकल यात्रा ।
दोस्रो दिन :  बुलबुलेबाट जगत २१ किमि साइकल यात्रा ।
तेस्रो दिन :  बुलबुलेबाट धारापानी २५ किमि यात्रा ।
चौथो दिन : धारापानीबाट मनाङको सदरमुकाम चामे २१ किमि
पाँचौं दिन : चामेबाट मनाङ ३८ किमि
छैठौं दिन : मनाङमा एक दिन आराम ।
सातौं दिन : मनाङबाट याक खर्क ।
आठाैं दिन : याक खर्कबाट ४४०० मिटर उचाइको थोराङ फेदी ।
नवौं दिन : थोराङ फेदीबाट मुक्तिनाथ ।
दशौं दिन : मुक्तिनाथबाट जोमसोम ।
एघारौं दिन :  जोमसोमबाट कालोपनी ।
बाह्रौं दिन : कालोपनीबाट तातोपानी ।
तेहौ दिन : तातोपानीबाट बेनी २० किमि । अनि गाडीबाट पोखरा ।
चौधाैं दिन :  पोखरादेखि काठमाडौ ।

ANNAPURNA N MUSTANG (4)

ANNAPURNA N MUSTANG (5)

ANNAPURNA N MUSTANG (6)

ANNAPURNA N MUSTANG (7)

ANNAPURNA N MUSTANG (8)

ANNAPURNA N MUSTANG (9)

ANNAPURNA N MUSTANG (10)

ANNAPURNA N MUSTANG (11)

ANNAPURNA N MUSTANG (12)

ANNAPURNA N MUSTANG (13)

ANNAPURNA N MUSTANG (14)

ANNAPURNA N MUSTANG (15)

ANNAPURNA N MUSTANG (16)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment