Comments Add Comment

विश्वकप २०१५ को पहिलो हृयाट्रिक स्टिभन फिनको नाममा

Steven-Finn

२ फागुन, काठमाडौं । विश्वकप क्रिकेट २०१५ मा पहिलो हृयाट्रिक विकेट इंग्ल्याण्डका पेस बलर स्टिभन फिनले लिएका छन् ।

उनले अन्तिम ओभरका पछिल्ला ३ बलमा ब्राड हृयाडिन, ग्लेन म्याक्सवेल र अन्तिम बलमा मिचेल जोनसनको विकेट लिए । यो विश्वकप इतिहासको ८ औं हृयाट्रिक हो ।

१० ओभर बलिङ गरेका फिनले ७१ रन खर्चेर ५ विकेट लिए ।

Aaron Finch celebrates after becoming the first centurion of World Cup 2015

विश्वकपको पहिलो शतक भने अष्टे्रलियाका ओपनर आरोन फिन्चको नाममा रहृयो ।

उनले विश्वकप डेब्यूमै इंग्ल्याण्डविरुद्ध शतक बनाएका हुन् । विश्वकपको डेब्यू म्याचमै शतक बनाउने उनी १४ ब्याट्म्यान बनेका छन् ।

१२८ बल खेलेका उनले १२ चौका र ३ छक्का सहित १३५ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment