Comments Add Comment

नेपाली सेनाले साढे ४ सय वर्षमा के के गर्‍यो ?

Nepali army

५ फागुन, काठमाडौं । महाशिवरात्री पर्वकै दिन नेपाली सेनाको स्थापना दिवस संयोगमात्र होइन, तत्कालिन राजा पृथ्वीनारायण शाहको कमाण्डमा नेपालको पहिलो सैनिक संरचना शिवरात्रीकै दिन बनेको इतिहास साक्षी छ ।

नेपाली सेना स्थापनाको एउटै मिति नभएको र बिभिन्न मितिमा संगठित भएकाले महाशिवरात्रीलाई सेना दिवसका रुपमा मनाउने गरिएको इतिहासविदहरुले दावी गरेका छन् ।

इतिहासको फरक दावी

सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन । त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।

पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन १७४४मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछी गोर्खाली फौजलाई शाही नेपाली सेनाको रुपमा चिनिन थालेको इतिहासविद दिनेशराज पन्त बताउछन् ।

नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । तर सन् १७४४ अर्थात विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता,अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।

व्यारेकीय संरचनाको हिसाबले नेपाली सेना विक्रम सम्बत १८१९ फागुन १० गते पोरखा गोरख गणका रुपमा स्थापित भएको इतिहासकारहरुले विभिन्न सन्दर्भमा उल्लेख गरेका छन् । त्यसअघि नेपाली सेना रहे पनि गण बनिसकेको थिएन ।

तर इतिहासविद डा.प्रेमसिंह बस्न्यातले भने नेपाली सेनाको शुरुवात विक्रम सम्वत १६१६ मा गोरखा राज्यको स्थापनासँगै शुरु भएको दावी गरेका छन् । यस हिसाबले नेपाली सेनाको इतिहास ४ सय ५५ वर्ष भइसकेको छ ।

तर करीव दुई सय वर्ष त्यो सेनाले खासै कुनै लडाइ लडेको पाइदैन । भगिरथ पन्तको कमाण्डबाट शुरु भएको गोरखा राज्यको सेना हाल नेपाली सेनाका रुपमा गौरव शमसेर जबराको नेतृत्वमा छ ।

गोर्खालीको गौरव

त्यतिबेलाको गोर्खा फौज र त्यसपछिको शाही नेपाली सेनाको वीरता, शाहस र समर्पणबाट प्रभावित भएका तत्कालिन बि्रटिश इष्ट इण्डिया कम्पनीले आफ्नो सेनामा नेपालीहरुलाई भर्ति लिन थालेको सुगौली सन्धीपछि हो ।

भारतबाट ब्रिटिसहरु हिडेपछि पनि उनीहरुले आफ्नो सेनामा नेपालीलाई लिने क्रम अहिलेसम्म जारी छ । बेलायती सेनामा अलग्गै गोर्खा रेजिमेन्ट कायमै छ ।

बेलायती र विश्वका धेरै देशले अहिले पनि गुर्खाज भनेर नेपालीहरुको प्रशंसा गर्नुमा नेपाली सेनाले दुवै विश्वयुद्ध र त्यसपछि निरन्तर शान्ति स्थापना कार्यमा देखाएको वीरता र वहादुरीले काम गरेको पूर्व रक्षामन्त्री विद्या भण्डारी बताउछिन् ।

nepal-army-logoराजाबाट जनताको नियन्त्रण

नेपाली सेनाको सञ्चालन तथा शुरुवात तत्कालिन बडामाहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको थियो । शाही सेना, नेपाली सेना हुँदै पृथ्वीनारायण शाहका ११ औं पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्र अन्त्यसँगै सेना पनि राजाबाट जनताको नियन्त्रणमा आएको मानिन्छ ।

२०६३ साल जेठ ४ गतेको तत्कालिन पुनर्स्थापित प्रतिनिधिसभाको घोषणबाट शाही नेपाली सेनाको नाम नेपाली सेना बनाइएको थियो । त्यस लगत्तै २०६३ मा अन्तरिम संसदले सैनिक ऐन पारित गरि सेनामाथि राजदरवारको नियन्त्रण पूर्ण रुपमा अन्त्य गरि संसदको माताहत ल्याएका हो ।

२०६८ सालमा तत्कालिन माओवादी लडाकुहरुलाई समेत समायोजन गरिएपछि राष्ट्रिय सेनाको संख्या हाल करीव ९५ हजार रहेको छ । सैनिक प्रवक्ता सहायक रथी जगदिशचन्द्र पोखरेलका अनुसार यो सकल दर्जाको संख्या हो ।

नेपाली सेनाले आफ्नो फौजमा कम्तिमा ५ प्रतिशत महिला सैनिकको संख्या पुर्‍याउने तत्कालिन लक्ष्य सहित भर्ति लिइरहेको पोखरेल बताउछन् ।

आन्तरिक विद्रोहमा सेना

२०३१ सालमा पश्चिम नेपालको मुस्ताङमा भड्किएको खम्पा बिद्रोह नियन्त्रण गर्न र २०५८ देखि २०६२ सम्म करीव ५ वर्ष माओवादी सशस्त्र विद्रोह नियन्त्रण गर्न नेपाली सेना परिचालित भएको थियो ।

वाहृय युद्धमा नेपाली सेनाले धेरै ठूलो नाम कमाएको छ ।  नेपाली सेना बाह्य आक्रमण तथा आन्तरिक द्धन्द्ध बाहेकका बेलामा विकास निर्माणमा खटिएको छ । सेनाले बनाएका सडकहरु देशका विकट पहाडी क्षेत्रमा भरपर्दो मानिएका छन् ।

यसका साथै राष्ट्रिय सम्पत्तिका रुपमा रहेका विद्युत, टेलिफोन स्टेशन, ऐतिहासिक गढी दरवार, राष्ट्रिय निकुन्जहरुको सुरक्षा सेनाले गर्दै आएको छ । यसबाहेक प्राकृतिक बिपत्तिहरुमा नेपाली सेना चौबिसै घण्टा जनताको रक्षार्थ खटिएको छ ।

सैनिक संरचना

नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपाली सेनाको परमाधिपतिका रुपमा राष्ट्रपति रहेका छन् । प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्छन् ।

सैनिक संरचनाको नेतृत्व प्रधान सेनापति महारथीले गर्छन् । उनीभन्दा ठिक तल दुई रथी रहन्छन् । त्यसपति क्रमशः उपरथी, सहायकरथी, महासेनानी, प्रमुख सेनानी, सेनानी, सहसेनानी, उपसेनानी र सहायक सेनानी अधिकृ तहभन्दा माथिका दर्जा हुन् ।

अधिकृत भन्दा तल प्रमुख सुवेदार, सुवेदार मेजर, जमदार, मुद्दा, अमल्दार, प्यूठ समेतको दरवन्दी रहेको सैनिक प्रवक्ता पोखरेल बताउछन् ।

पृथ्वीनारायण शाहले पहिलो पटक वि सं. १८०० मा पहिलो पटक नगरकोटमा अक्रमण गरि नेपाल एकीकरण अभियान थालेका थिए । पछि उनका छोरा नातिका पालासम्म राज्य विस्तारको अभियान पूर्वमा टिष्टादेखि पश्चिम काँगडा सम्म पुगेको थियो ।

तर तत्कालिन ब्रिटिश इष्ट इण्डिया कम्पनीसँगको युद्धमा नेपालले ४० हजार वर्ग किलोमिटर जमिन गुमाउनुपरेको थियो ।  नेपाली सेनाले तीन पटक तत्कालिन भोट राज्य अर्थात तिव्वतसँग लडाइ लगरेको थियो भने एकपटक तिव्वत र चीनसँग संयुक्त लडाइ लडेर बिजय पाएको थियो ।

nepali at war - Copy

नेपाली सेनाले लडेका बाह्य युद्ध

भारतीय सिपाही विद्रोह दमनः विसं १९१० तिर
प्रथम विश्व युद्ध विश्वभरः विसं  १९७१-१९७५
वजरीस्थानको लडाईंमाः मिति प्राप्त नभएको
अफगान युद्ध, अंग्रेजको पक्षमाः विसं १९७६
दोस्रो विश्वयुद्ध विश्वभरः विसं १९९७-२००१
हैदरवाद समनमा लडाइः विसं २००५
संयुक्त राष्ट्रसंघीय शान्ति सेनाः विसं २०१५

नेपाली सेनाले देशभित्र लडेका युद्ध

मिरकाशिम विरुद्धको लडाईं – विसं १८२०
किनलोकसँग पौवागढीको लडाइ- विसं १८२४
नेपाल अंग्रेजबीचको युद्ध – विसं १८७१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment