Comments Add Comment

अध्ययन भन्छः धूमपानले दिमाग खियाउँछ

smoking
धुम्रपानका कारण मानिसको फोक्सो, स्वासनली, मुख लगायतका अंगहरुमा असर पूराउने र यसले क्यान्सर जस्ता रोगको जोखिम बढाउने तथ्य त हामी सबैलाई थाहै छ । तर धुमपानको असर यत्तिमा मात्र सिमित छैन । पछिल्लो अध्ययनले धुमपानका कारण मानिसको मस्तिष्कको आकार साँघुरिने तथ्य पत्ता लगाएको छ ।

धुमपान गर्ने मानिसहरुको स्मरण शक्ति कमजोर हुँदै जाने, भाषा समेत भुल्दै जाने र विषयवस्तु बुझ्ने क्षमतामा पनि ह्रास आउने शोधकर्ताहरुले दाबी गरेका छन् ।

क्यानडाको म्याकगिल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले धुमपानका कारण मस्तिष्कको कर्टेक्स नामक क्षेत्रको मोटाइ घट्दै पातलिन थाल्छ । मस्तिष्कको बाहिरी सतह कर्टेक्स पातलो हुँदा मानिसको सोँच्ने तथा स्मरण गर्ने शक्तिमा असर पुग्दछ ।

श्ोधकर्ताका अनुसार धुमपानका अम्मली मानिसहरुले धुमपानको लत त्यागेको केही महिनाभित्रमै यसको सकारात्मक नतिजा देखा पर्छ र कर्टेक्स पातलिँदै जाने प्रक्रिया रोकिन्छ र मस्तिष्कको बाहिरी पत्र पूरानै सन्तुलित अवस्थामा फर्किने प्रक्रिया सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment